सोलुखुम्बुमा सात मतदानस्थल थप गर्न सिफारिस

सोलुखुम्बुमा सात मतदानस्थल थप गर्न सिफारिस

सोलुखुम्बु : सोलुखुम्बुमा सातवटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ। 

आइतबार जिल्ला प्रशासन कार्यालय सल्लेरीमा बसेको मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले जिल्लामा सातवटा स्थल थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको हो। 

समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको बैठकले सोलुदूधकुण्ड नगरपालिकामा चारवटा, सोताङ गाउँपालिकामा दुईवटा र महाकुलुङ गाउँपालिकामा एउटा मतदानस्थल थप गर्न सिफारिस गरिएको हो। 

सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर २ स्थित बेनी आवि, वडा नम्बर ९ स्थित जनचेतना आवि गोराखानी, वडा नम्बर ११ स्थित बरबोट आवि र सिद्ध आवि बुस्तिङमा मतदानस्थल थप गर्न सिफारिस निर्णय गरिएको नगर उपप्रमुख गान्धी माया तामाङले जानकारी दिइन्। 

यस्तै सोताङको वडा नम्बर १ स्थित बरबोट आवि र दिपज्योति आवि चित्रेमा थप गर्ने भएको छ। 

यस्तै मखपलम माविमा रहेको दुईवटा केन्द्रमध्ये एउटालाई लिढुंगा आविमा सार्ने, साविक सोताङ गाविस भवनमा रहेको केन्द्रलाई ठाउँ अभावले सोही वडाको कृषि सेवा केन्द्र ताप्लासीमा सार्न सिफारिस गरिएको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताए। 

उता महाकुलुङ गाउँपालिका-५ को कार्यालयमा रहने गरी एउटा स्थल थप गर्न सिफारिस गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताए। 

भौगोलिक कठिनाई भएकाले नागरिकहरूको सहजताका लागि स्थलहरू थप गर्न आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए। 

जिल्लामा हाल १२२ मतदान केन्द्र र १३५ वटा मतदान स्थल रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.