ट्याक्टरको ठक्करले स्कुटरमा सवार दुई जनाको मृत्यु

ट्याक्टरको ठक्करले स्कुटरमा सवार दुई जनाको मृत्यु

तानसेन: ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्कुटरमा सवार आमा छोराको मृत्यु भएको हो। 

तानसेनबाट बगनासकाली गाउँपालिका झिरभञ्ज्याङ जाँदै गरेको लु २ त ९८८४ ट्याक्टरले सोही दिशातर्फ जादै गरेको लु ५३ प ७५७१ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ३९ वर्षीया मीना थापा र उनका छोरा १९ वर्षका अभिषेक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

साढे ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि पाल्पा अस्पताल पुर्‍याइएको थियो। अस्पतालले साढे १० बजे दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए।

ट्याक्टर चालक र सहचालकलाई नियन्त्रण लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.