उपसभामुखको साइकल नै सारथि
काठमाडौं : उपसभामुख इन्दिरा राना मगर साइकलमा आफ्नो जीवन देख्छिन्। उनको बाल्यकालदेखि साइकल नै ‘प्रिय साथी’ बन्यो। अन्नपूर्ण मिडिया नेटवर्कले विश्व क्यान्सर दिवसका अवसरमा आयोजना गर्ने र्यालीमा उनी साइकल लिएर सहभागिता जनाउँथिन्। जति बेला सामाजिक व्यक्तित्वका रूपमा परिचित थिइन्।
क्यान्सरविरुद्ध जागरणका लागि शनिबार आयोजित ‘अन्नपूर्ण पोस्ट् राइड फर लाइफ २०२३’ का प्रमुख अतिथि उपसभामुख मगरको साइकलप्रतिको मोह उत्तिकै देखियो। उनी यसपटक पनि साइकल र्यालीमा केहीबेर सहभागी भइन्। झापामा जन्मिएकी उनलाई सानोमा दाइहरूले साइकल चढेको देख्दा आफू पनि चढ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। ‘दाइ शिक्षक हुनुहुन्थ्यो। उहाँ साइकलमा हिँड्दा पछि–पछि दौडिन्थेँ। मौका पायो कि साइकल चलाइहाल्थेँ’, उनीले सम्झिन्छिन्।
उनी पनि पछि शिक्षक भइन्। तर, साइकल किन्न पैसा थिएन। ३२ वर्षअघिको क्षण उनी सम्झना गर्छिन्, ‘सबै शिक्षक साइकलमा आउँथे। धेरै मूल्य त होइन। तर, साइकल किन्ने क्षमता मेरो थिएन।’
पछि अलिक ‘सक्षम’ भएपछि सन् २००४ मा १८ हजार रुपैयाँमा ‘सेकेन्ड हेन्ड’ किनेको उनीले बताइन््। ‘त्यो पनि साथीको सहयोगमा। मेरो साइकलप्रतिको मोह देखेर एक जना साथीले मलाई सहयोग गर्नुभयो। त्यो बेला १८ हजार धेरै ठूलो कुरा थियो’, उनी भन्छिन्, ‘त्यो टे«क साइकल गेयरवाल थियो। त्यस्तो साइकल पहिला चलाएकी थिइनँ। केही समयमै सिकेँ।’
मगरले पहिलो रेस सन् २००५ मा ककनीमा गरेको थिइन्। त्यस क्रममा २० जना सहभागी थिए। ‘माउन्टेन बाइक गर्ने समयमा हामी दुई जना महिला थियौं। निर्जला ताम्राकार र म’, उनी भन्छिन्, ‘हामी पहिलो रेस गर्ने महिला भन्छौं।’
उनलाई यात्रा गर्न मन पर्छ। बाटो नपुगेका ठाउँमा साइकल बोकेर पुग्थिन्। झापासम्म साइकल लिएर पुग्ने उनको बानी थियो।
उनका अनुसार पहिला साइकल त्यति धेरै प्रचलन आइसकेको थिएन। त्यसमा पनि साइकल चलाउने पुरुष नै हुन्थे। सबै ठाउँमा साइकल जाने अवस्था थिएन। बसमा राख्न खोज्दा भाडा माग्थे। कतिपय ठाउँमा बाटोमा केटीहरूले साइकल चलायो भनेर हेर्ने नजर फरक हुन्थ्यिो। माउन्टेन साइकल चलाउन ड्रेस पनि त्यस्तै हुनुपर्छ जुन थिएन।
उनी धेरै पटक साइकल दुर्घटनामा पनि परिन्। मोटरसाइकलले हान्दिथ्यो। ‘महिलालाई साइकल फ्रेन्डली भएन, हुनुपर्छ भनेर धेरै पटक कराएको पनि छु। दुई वर्षअघि मेरो बोन क्रयाक भयो’, उनी भन्छिन्। अन्य कुरामा महिलाले विभेद सहनु परेजस्तै साइकल चलाउँदा धेरै ठाउँमा विभेद सहनुपरेको उनको भनाइ छ। उपसभामुख मगर भन्छिन्, ‘महिलालाई हरेक कुरामा विभेद हुन्थ्यो। दौडमा जाँदा पुरस्कार पनि महिलाका लागि फरक हुन्थ्यो।’
जनकपुर हाम्रो प्राइड हो भनेर सिन्धुली जोडिएको बाटोमा पहाडबाट ओरालो घस्रिँदै झरेको उनलाई ताजै छ। दौडमा भाग लिँदा महिला प्रतिनिधि कोही नभएपछि भाग लिन गए। दुर्घटना परे। तर, उनी भन्छिन्, ‘एक पटक लड्यौ दुई पटक लड्यौ भनेर हरेस खानु हँुदैन्। उठनुपर्छ। आत्मविश्वास लड्नु हँुदैन। आफूलाई बलियो बनाइयो भने सधैं उठ्छांै र चाहेको पूरा गर्छांै।’
साइकल ‘हाम्रो डाक्टर’
उपसभामुख मगरलाई लाग्छ साइकल हाम्रो लागि डाक्टर पनि हो। भन्छिन्, ‘मेरो एक जना ८० वर्षको मामा हुनुहुन्छ। उहाँ अहिले पनि रिक्सा ठेला गाडा चलाउनुहुन्छ। उहाँ यो मेरो डाक्टर हो भन्नु हुन्छ। मलाइ पनि लाग्छ साइकल वास्तवमा डाक्टर हो। हामीले नियमित साइकल चलायौं भने मधुमेह लाग्दैन्, प्रेसर छ भने पनि कम हुन्छ। यससगै शरीर स्वाथ्य हुन्छ जसले आफूलाई सधैं ऊर्जा दिन्छ तन्दरुस्त बनाउँछ। साइकललाई हाम्रो जीवनसँग जोडियो भने शरीर स्वाथ्य राख्न सकिन्छ।’
शरीर स्वाथ्य रह्यो भने क्यान्सरलाई पनि जित्न सकिन्छ भन्ने उनको विश्वास छ। ‘शरीरलाई तन्दुरुस्त बनायो भने खुसी र स्वस्थ भएर बाँच्न सकिन्छ। जसले रोगबाट लड्ने शक्ति दिन्छ र क्यान्सर जस्ता रोगसँग जुध्न सकिन्छ’, उनी भन्छिन्, ‘अस्वथ शरीर र अन्य रोग भएको मानिसलाई क्यान्सर लाग्यो भने समस्या हुन सक्छ।’ त्यसैले स्याथ्य रहन साइकल यात्रा उपयोगी हुने उनको भनाइ छ।
साइकल सोसाइटीको संस्थापक सदस्यसमेत रहेकी उनी साइकल लेनका लागि पहल गरेको सुनाउँछिन्। ‘साइकल लेन हुनुपर्छ भनेर मेयर (ललितपुर) चिरीबाबु महर्जनसँग कुरा गरेर साइकल लेन बनाएको पनि हो। तर, साइकल लेनको कुनै कानुन छैन। कानुन नहुँदा हामीले बनाएको साइकल लेनका मोटर साइक कार ट्रकलगायतका ठूला सवारी पार्किङ गरिन्छ’, उनी भन्छिन्, ‘कुनै नियम कानुन ऐन नहुँदा लेन बनेको ठाउँमा पनि उपयुक्त साइकलयात्रीले सुविधा पाउन सकेनन्। उनीहरू पनि ठूला सवारीसँग जोगिनुपर्छ।’
उनका अनुसार ऐन बन्यो भने अन्य ठूला सवारी साधनले त्यँहा पार्किङ गर्न पाउँदैनन्। अथवा जरिवानाको डरले पनि गर्दैनन्। त्यसैले यसका लागि सर्वप्रथम साइकल ऐन बन्न जरुरी छ। रुल नै नभएको ले साइकल लेन बनाएर मात्रै कुनै काम नहुने उनको बुझाइ छ।
उपसभामुख मगर साइकल किनेर सिक्न सबैलाई सुझाउँछिन्। भन्छिन्, स्वाथ्यका लागि अहिले कति ज्येष्ठ महिलाले पनि साइकल सिक्नुभएको छ। तराईका महिला सारीमै साइकल चलाएर हिँडिरहेका छन्। सबैले मोटरसाइकल गाडी किन्न सक्दैन्। तापनि समयमै उनीहरू गन्तव्यमा पुगिरहेका छन्।’
तराईमा गल्र्स इन्पावर थ्रु एजुकेसन भनेर साइकल वितरण गरेको उनको भनाइ छ। ‘एजुुकेसन सपोर्टबाट तराई तिर साइकल दिएका छौं। उनीहरू स्कुल, कलेज साइकलमै जान्छन्। सशक्तीकरण गरेका छौं। काठमाडौंमा बाटो सहज छैन। त्यसैले अलि डराउँछन्।’
साइकलको व्यापक प्रयोग गरेमा गाडीको धुवादेखि लिएर पेटोल खपत हुने उनको भनाइ छ । भन्छिन््, ‘एक समय मैले मोटरबाइक पनि किनेको थिएँ। लाइसेन्स पनि बनाएँ। तर, मोटरबाइक चलाउन थाल्यो भने म सौखिन हुन्छु भनेर मैले त्यसो गरिनँ।’