साइकल चलाउनु स्वास्थ्यलाई लाभदायक

साइकल चलाउनु स्वास्थ्यलाई लाभदायक

काठमाडौं : महिलामा पाठेघरको मुखको र स्तन क्यान्सर जतिबेला पनि हुनसक्छ। स्तन क्यान्सर त कुनै पनि उमेर समूहका महिलालाई हुने चिकित्सक बताउँछन्। स्तन क्यान्सरका कारण निधन हुने महिलाको संख्या प्रत्येक वर्ष बढ्दै छ। त्यसैले यो रोग प्रतिमहिला अझै सजक हुनुपर्ने विज्ञ बताउँछन्। स्वास्थ्य रहन साइकल चलाउनु पनि एक रहेको उनीहरूको तर्क छ। साइकल चलाउँदा डोफिमोन हार्मोन उत्पन्न हुने भएकाले मुड फ्रेस बनाउने साइकल यात्रीहरू पनि बताउँछन्। 

अन्नपूर्ण पोस्ट्ले शनिबार आयोजना गरेको साइकल र्‍यालीमा पनि महिलाको उल्लेख्य सहभागिता थियो। पछिल्लो समयमा साइकल चलाउने महिलाको संख्या पनि बढ्दै गएको छ। ताहाचलकी सृष्टि प्रजापतिका चारै जनाले साइकल चलाउँछन्। उनी पनि र्‍यालीमा सहभागी बनिन्। उनी साइकलबाटै पसल जाने र घुम्न निस्कने गरेको बताउँछिन्। ‘श्रीमान् र छोराछोरी सबैले साइकल चलाउँछन्। साइकल चलाउँदा एकदमै रमाइलो लाग्छ,’ उनले भनिन्, ‘फ्रेस भएको अनुभूति हुन्छ।क्यान्सरबाट समेत बच्न सकिन्छ भन्छन्।’

स्वयम्भूकी रेसु स्थापित क्यान्सर हुनुअघि नै अब धेरै कुरामा ध्यान दिन जरुरी रहेको बताउँछिन्। ‘क्यान्सर हुनुअघि सजग हुने र नियमित साइकल चलाउनाले जोगिन सकिन्छ’ उनले भनिन्, ‘तनावमुक्त भइन्छ। मन प्रफुल्ल हुन्छ।’ मुड फ्रेस हुने भएकाले नियमित साइकल चलाउने गरेको उनले बताइन्।  

१९ वर्षीया बिस्ट्री प्रजापती कलेज जाँदा साइकलमै जाने गरेको बताउँछिन्। उनले ३ वर्ष भयो साइकल चलाउन थालेको। ‘मैले नियमित साइकल चलाउन थालेपछि अरू पनि बढेका छन्,’ उनले भनिन्, ‘केटीले साइकल चलाउँछन् भने हामी किन नचलाउने भनेर केटाहरूले पनि भन्ने गर्छन्।’ कहिलेकाहीँ साथीहरूले मागेर पनि साइकल चलाउने गरेको उनले सुनाइन्। घरमा स्कुटी हुँदा पनि उनले सधैंजसो साइकल चलाउने गरेको बताइन्। 

सिटिजन्स बैंकमा कार्यरत सलिना मानन्धरले शनिबार सधैंजसो साइकल चलाउने गरेको बताइन्। साइकल चलाउँदा आनन्द आउने गरे पनि साइकल लेन नहुँदा घर बालाजुबाट कार्यालय दरबारमार्ग आउन साइकलबाट सहज नभएको समस्या सुनाइन्। ‘ड्रेस लगाएर साइकलमा आउजाउ गर्न कठिन छ। रहर भए पनि सधैं यात्रा गर्न चुनौती छ’, उनले भनिन्। तर, लकडाउनका बेला साइकलमा आउजाउ गर्न निकै सहज भएको उनले सुनाइन्। उनले ५ वर्षदेखि साइकल चलाउँदै आएकी छिन्। ‘अन्नपूर्णले आयोजना गरेका साइकल र्‍याली एकदमै व्यवस्थित थियो, व्यवस्थापन राम्रो भएकाले मन झनै प्रफुल्ल भयो,’ शनिबारको र्‍यालीमा सहभागी हुँदै उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.