प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल
फाइल तस्बिर।
सुन्नुहोस्

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन्। 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको स्रोतले जनाएको छ। 

भेटमा सरकारका कामको समीक्षा, राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय छाडेपछि मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ। 

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि सत्ता साझेदार दलले कसलाई उम्मेदवार उठाउने भन्ने विषयमा विभिन्न चरणमा छलफल गरिरहेका छन्। 

सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पनि छलफल भएको थियो। राष्ट्रपतिमा कांग्रेसले भाग खोजेको भन्दै एमाले अध्यक्ष ओली असन्तुष्ट छन्। १० पुसको सहमतिअनुसार एमालेले राष्ट्रपतिमा दाबी गर्दै आएको छ। तर कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन्।

प्रमुख तीन दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको हो। राष्ट्रपतिमा राष्ट्रिय सहमति कसरी गर्न सकिन्छ भन्ने कुरामा छलफल भएको स्रोतको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.