मधेस : माओवादीबाट मन्त्री र राज्यमन्त्रीको शपथ

मधेस : माओवादीबाट मन्त्री र राज्यमन्त्रीको शपथ
सुन्नुहोस्

मधेस प्रदेशमा थप दुई मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन्। 

जनकपुरधाम : मधेस प्रदेशमा थप दुई मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्। नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन्। 

मधेस प्रदेशमा माओवादी केन्द्रले सुरुमा दुई मन्त्रालय माग गरेपनि भागबण्डामा एउटा मन्त्रालय  परेपछि शपथ ग्रहण रोकिएको थियो। दुवैलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराएका हुन्। 

शपथ ग्रहण समारोहमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, अन्य मन्त्रीहरू तथा मन्त्रालय सचिवहरूको समेत उपस्थिति रहेको थियो 

को हुन् मन्त्री सुनिता ? 

सुनिता जनयुद्धकालीन सहिद रामवृक्ष यादव ‘मास्टर साहब’की कान्छी छोरी हुन्। रामवृक्षको माओवादी जनयुद्धकालमा सेनाले हत्या गरेको थियो। रामवृक्ष माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समकक्षी समेत थिए। 

साथै सुनिताको परिवारमा दाजु शेखर यादव तथा श्रीमान डम्बर यादवले माओवादी जनयुद्धमा सहादत प्राप्त गरेको थियो। रामवृक्षको तीन छोरीमध्ये बोधमाया, कल्याणी र सुनिता हाल पनि माओवादीमा सक्रिय राजनीतिमा छन्।   

को हुन् राज्यमन्त्री अन्सारी ?

पर्सा क्षेत्र नं. १ (क) बाट विजयी रहबर अन्सारी नेकपा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य हुन्। उनी २०७० को संविधानसभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा २०७४ र २०७९ निर्वाचनमा पराजय बेहोरेका थिए। 

तर प्रदेश प्रतिनिधिसभाको निर्वाचन २०७९ मा सत्तारूढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.