लेखक बुद्धिसागरसँग विद्यार्थीको अन्तरक्रिया

साहित्यका फाटहरूमा गाउँ समाजका कथा अझै शहरसम्म आउँन नसकेको र यसलाई आफुले पुस्तकमार्फत पाठकलाई दिने गरेको लेखक बुद्धिसागरले बताए।
काठमाडौं: काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्स लिट्रेचर सोसाइटीले साहित्यकार तथा लेखक बुद्धिसागरसँग अन्तरक्रिया गरेका छन्।
अन्तरक्रियामा लेखक सागरले कर्णाली व्लुज, फिरफिरे तथा एक्लोमा छुट्टाछुट्टै किमिसको कथावस्तु आफुले प्रस्तुत गर्न खोजेको बताए। पुस्तक लेखन एक्लै बसेर लेख्ने तथा पाठकले पनि एकान्तमा बसेर पढ्न भएकाले पुस्तक लेखक र पाठकबीचको दोहोरो सम्बन्ध रहन आवश्यक रहेको बताए।
लेखक सागरले पुस्तककमा किन शहरको कथा भेटिदैन भन्ने प्रश्नमा साहित्यका फाटहरूमा गाउँ समाजका कथाहरू अझै पनि शहरसम्म आउँन नसकेको र यसलाई आफुले पुस्तकमार्फत पाठकलाई गाउँ ठाउँको कथा पस्किएको र कुनै पुस्तकमा आफुले सहरका कथा पनि पस्किने बताए।
विद्यार्थीले कोर्स कन्टेनस्टोरी राइटिङ अन्तर्गत पत्रकारिता कसरी गर्ने, सम्पादकीय कसरी लेख्ने, समाचार, साहित्य कसरी लेख्ने भन्ने विषयमा प्रश्न गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
