राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी विजयी

राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी विजयी
सुन्नुहोस्

दाङ : राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका कुमार दशौदी विजयी भएका छन्। खसेको कूल मतको मतभार ७ हजार ९ सयमध्ये ४ हजार २६ मत प्राप्त गरी दशौदी राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन्।

दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरि जम्मा  ४ हजार २६ मतभार प्राप्त गरे। नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए। प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए।

प्रदेशसभा सदस्य  र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३ सय ५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भइनन्।

सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित हुन्। राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.