साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ :  राष्ट्रपति

साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ :  राष्ट्रपति
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु,घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। बुधबार काठमाडौंको भृकुटिमण्डपमा १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गरिबी न्यूनीकरण,रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। 

यस क्षेत्रमा विद्यमान पूँजी,कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्ने उनले बताए।

उनले स्थानीय श्रम, सीप, प्रविधि, कच्चा पदार्थ, जनशक्ति प्रयोग गरी थोरै लगानीमा गर्न सकिने उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउँदै आयआर्जनका माध्यमबाट स्थानीयस्तरमा नै आत्मनिर्भर हुन सकिने धारणा राखे। उनले पूँजी पहुँचमा लघु, घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सुरु महोत्सव बैशाख ३० गते सम्म चल्नेछ । महोत्सवमा नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी , बीटुसी , बीटुजी  जस्ता अन्तरक्रिया, छलफल, र खाद्य महोत्सव आदि कार्यक्रम हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.