कर्णालीमै पहिलो पटक मृगौला प्रत्यारोपण गरेका बिरामी थापा डिस्चार्ज

कर्णालीमै पहिलो पटक मृगौला प्रत्यारोपण गरेका बिरामी थापा डिस्चार्ज
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामी मोतीबहादुर थापा डिस्चार्ज भएका छन्। 

थापालाई उनकी आमा यमकला थापाले मिर्गौला दान गरेकी थिइन्। बुवा तुलबहादुर थापासहित कर्णालीमै पहिलो पटक प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा लिन आएका उनीहरू निको भएर घर फर्किएका हुन्। 
       

प्रदेश अस्पताल सुर्खेतले बिहिबार एक कार्यक्रमको आयोजना गरी अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा लिन थापा परिवार र सेवा सुरुवात गर्न आउने सहिद धर्मपाल मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरका डाक्टर तथा नर्सहरूलाई बिदाई गरेको छ। 

उनीहरूको बिदाईमा प्रदेश अस्पताल सुर्खेत निर्देशक डा. डम्बर खड्का, प्रदेश अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घले लगायतको टोलीले बिरामीका बुवा तथा डाक्टरहरूलाई मायाको चिनो र पुष्पगुच्छा प्रदान गरेका थिए। 

बिदाई कार्याक्रममा प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले यस अस्पतालमा अब नियमित रूपमा मिर्गौला प्रत्यारोपण सेवा दिने बताए। 

सहिद धर्मपाल मिर्गौला प्रत्यारोपण केन्द्रमा कार्यरत मानव अंग प्रत्यारोपण सर्जन हरि बलालले प्रदेश अस्पताल सुर्खेत सबै किसिमले मिर्गौला प्रत्यारोण सेवा दिनका लागि योग्य रहेको बताए। 

उनले भने, कर्णालीमा यति सुविधा सम्पन्न अस्पताल होला भन्ने लागेको थिएन्। पहिलो पटक यहाँ सेवाको सुरुवात गर्न आउँदा नै निकै सहज भयो। अब नियमित सेवा दिन कुनै समस्या छैन्। पश्चिमतिरका बिरामीहरू हाम्रो सहिद धर्मपाल मिर्गौला प्रत्यारोपण केन्द्रमा आए यतै फेरि प्रत्यारोपण सेवा दिने योजना छ।'  
        
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा लिने मोतीबहादुर थापा, मिर्गौला दान गर्ने उनकी आमा यामकला थापा र बुवा तुलबहादुर थापाले प्रदेश अस्पतालको सेवा निकै राम्रो लागेको बताए। 

उनीहरूले यहाँका डाक्टर, नर्सहरूबाट निकै सहयोगी र पारिवारीक व्यवहार पाएको बताए। बिरामी मोतीबहादुर थापाले भने, 'अस्पताल निकै सुविधा सम्पन्न रहेछ। यहाँको वातावरण, सेवा दिने तरिका, सरसफाई र बिरामीलाई गर्ने हेरचाह निकै राम्रो लाग्यो।'

अब मिर्गौला पीडितले यहाँ आएर ढुक्लले सेवा लिनका लागि पनि उनले आग्रह गरे। उनले आफुलाई अर्को जन्मदिने आमा र प्रदेश अस्पताललाई धन्यवाद पनि दिए। 
     
गत शनिबार मिर्गौला प्रत्यारोपणको नेतृत्व राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काको टिमले पहिलो पटक प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सफल भएको थियो। 

पश्चिम नेपालका मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीहरूका लागि अब काठमाडौं धाइरहनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। 

अबको एक वर्षसम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक र प्रत्यक्ष निगरानीमा कर्णालीमा मिर्गौला प्रत्यारोपण हुनेछ।

विस्तारै यहीको जनशक्तिलाई सिप हस्तान्तरण गर्ने लक्ष्य छ। जम्मा २ सय ९७ बेडको यो प्रदेश अस्पतालमा अब एमआरआई बाहेकका सबै सेवाहरू उपलब्ध हुने भएका छन्। 

उक्त सेवा पनि चैत महिनाबाट सुरुवात गर्न र अस्पताललाई ५ सय शय्याको अस्पताल बनाउनका लागि भवन निर्माण गने कार्य भइरहेको अस्पतालले जनाएको छ। 

यो अस्पताल सुर्खेत जिल्लाको पुरानो सदरमुकाम कोठिकाँडामा २०११ सालमा स्वास्थ्य केन्द्रको रूपमा स्थापना गरिएको थियो। जहाँ सामान्य रुगाखोकी, ज्वोरो, पखाला जस्ता बिमारको उपचार गरिन्थ्यो। 

२०२४ सालमा सुर्खेत उपत्यकामा हस्तान्तरण, २०२९ सालमा १५ शय्याको जिल्ला अस्पताल, २०४९ सालमा २५ शय्या जिल्ला अस्पताल, २०६२ साल फागुन ७ गते ५० शय्याको मध्यपश्चिम क्षेत्रीय अस्पताल र २०७५ साल कात्तिक १३ गते २९७ शय्याको प्रदेश अस्पतालका रूपमा सञ्चालन भइरहेको छ।  


प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा लिने बिरामीको बिदाई गर्दै। तस्बिर : बिस्नप्रसाद न्यौपाने 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.