न्यूनतम आधार तयार पारेर मात्र लगानी गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

न्यूनतम आधार तयार पारेर मात्र लगानी गर्छौं : मुख्यमन्त्री जम्कट्टेल
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले न्यूनतम आधार तयार पारेर प्रदेश सरकारले योजनाहरूमा लगानी गर्ने बताएका छन्। 

नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘साना र टुक्रे योजनाका कारण प्रदेश सरकारले गरेका कामहरूको परिणाम प्रभावकारी देखिएको छैन, अब हामी ठूला र समुदाय केन्द्रित योजनाहरूलाई प्राथमिकता दिएर काम गछौं।’ प्रदेश सरकारले न्यूनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गनिरे जम्कट्टेलले बताए।

बागमती प्रदेश सरकारले व्यक्तिलाई दिने अनुदान पनि बन्द गरिने उनको भनाइ छ। ‘अब हामी समुदाय केन्द्रित अनुदान मात्र बितरण गर्छौं, बन्दा समाज नै बन्नुपर्छ कुनै व्यक्ति मात्र हैन’, उनले भने, ‘त्यसको सुरुवात यही वर्षबाट गर्दैछौं।’

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले छिट्टै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए। देशको अबको यात्रा समाजवादी आन्दोलन भएकाले त्यसको लागि सबै माओवादी पृष्टभूमि भएका सबै दलहरू एक हुनु आवश्यक रहेको उनको भनाइ छ।  

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच छिट्टै एकता हुने बताए। 

‘प्रचण्ड र बाबुरामजी ले छुट्टा छुट्टै गर्नुभएको प्रयोग सफल देखिएन, अब एक भएर जानुको विकल्प छैन’, उनले भने, ‘त्यसका लागि पार्टी एकताको अन्तिम तयारीम पुगेका छौं।’

जनयुद्धले स्थापित गरेका एजेण्डाहरूलाई बलियो बनाउन पनि एकता आवश्यक रहेको उनको भनाइ छ। बागमती प्रदेश सरकारले जनपक्षीय कामहरूको सुरुवात गरेको श्रेष्ठले बताए। 

‘हामीले आधारभूत वर्गको पक्षमा काम गर्छौं, सरकार सबैको हो भन्ने अनुभूति दिलाउने गरी काम गर्ने हाम्रो प्रयास हुनेछ।’

नेसपा मकवानपुरको अध्यक्षमा भेट्टवाल

नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन भएका छन्। सम्मान कार्यक्रम अघि भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो। 

समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल), हरिहर खतिवडा, दुर्गा कुमारी रमौली,सह सचिव निखिल पौडेल, कोषाध्यक्ष सुदिप कार्की लगायत रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.