समाज सहकारीको आम्दानी साढे ३ करोड

समाज सहकारीको आम्दानी साढे ३ करोड
सुन्नुहोस्

बर्दिबास : महोत्तरीको बर्दिबासस्थित समाज बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा साढे ३ करोडभन्दा बढी आम्दानी गरेको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले ३ करोड ५४ लाख १७ हजार ५३८ रुपैयाँ आम्दानी गरेको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।

शुक्रबार संस्थाको २०औं वार्षिक साधारणसभामा संस्थाका सचिव उमेश न्यौपानेले विभिन्न ८ किसिमका १ हजार २८८ जनामा संस्थाको कुल ऋण लगानी २४ करोड ७९ लाख ३३ हजार २० रुपैयाँ रहेको बताए। 

उनले अघिल्लो आर्थिक वर्षको तुलनामा १०.३५ प्रतिशतले वृद्धि गरी आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ५४ लाख १७ हजार ५३८ रुपैयाँ कुल आम्दानी गरी प्रत्यक्ष तथा अप्रत्यक्ष खर्च ३ करोड २९ लाख ६९ हजार १०८ रुपैयाँ गरी जोखिम कोष व्यवस्थापन गर्नुपूर्व खुद नाफा २४ लाख ४८ हजार ४३० रुपैयाँ भएको जानकारी दिए।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सेयर पुँजी १ करोड ६६ लाख ९७ हजार १ सय रुपैयाँ रहेको सचिव न्यौपानेले बताए। सदस्यहरूको माग र क्षमताका आधारमा सेयर पुँजी वृद्धि गरिएको उनले बताए।

सचिव न्यौपानेले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयर सदस्यहरूलाई १५ प्रतिशत लाभाशं वितरण गरिएको सुनाए। ‘कर्मचारी बोनस कोषबाट एक महिनाको तलब बराबरको रकम कर्मचारीलाई वितरण गरिएको छ,’ उनले भने।

संस्थाका अध्यक्ष गिता अधिकारीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा कोषाध्यक्ष गिता भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्। 

उनले आर्थिक वर्ष २०७८/०७९ मा पुँजी तथा दायित्वतर्फ २९ करोड ४० लाख ३६ हजार ३१५ रुपैयाँ र सम्पत्ति तथा जायजेथा तर्फ पनि २९ करोड ४० लाख ३६ हजार ३१५ रुपैयाँ रहेको बताइन्।

प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले संस्थाले अब ब्याजदरलाई सम्भव भएसम्म कम गर्दै सदस्यहरूको हितमा काम गर्नुपर्ने बताए। 

संस्थाका संस्थापक एवं संरक्षक समेत रहेका उनले यो संस्थाले ब्याजदरमा नभई विश्वसनीयता एवं सदस्यहरू प्रतिको जवाफदेहितामा प्रतिस्पर्धा गर्ने उल्लेख गरे।

सेयर सदस्यहरूलाई अपनत्व महसुस गराउने गरी काम गर्न संस्थाका कर्मचारीहरूलाई घिमिरेले निर्देशन दिए। 

उनले सदस्यहरूलाई नियमित बचतको बानी बसाल्न र ऋण तिर्ने अभ्यास गर्न आग्रह गरे। आम्दानीभन्दा खर्च धेरै, आर्थिक हिनामिना, ऋण समयमा नउठ्नु संस्था डुब्नुको मुख्य कारक रहेको बताउँदै उनले त्यसतर्फ सचेत हुनुपर्ने सुझाव दिए।

बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले बर्दिबासभित्रका सबै सहकारीलाई हेर्ने दृष्टिकोण आफ्नो लागि समान रहेको बताए। 

सहकारीहरूका लागि बर्दिबास नगरपालिकाले छुट्टै कार्यविधि बनाउने तयारीमा रहेको मेयर क्षेत्रीले बताए। उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सहकारीहरूले ऋण लगानी गर्नुपर्नेमा जोडि दिए।

संस्थाका अध्यक्ष अधिकारीले २७६ समूहहरू मार्फत संस्थाले कृषि क्षेत्रमा ऋण प्रवाह गरिरहेको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.