सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको दुई छुटाछुटै स्थानमा शुक्रबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। 

भक्तपुरको चागुँनारायण नगरपालिका-६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल पुग्दा  चालक  काठमाडौं शंखरापुर नगरपालिका-५ पालुवारीका ४० वर्षीय शंखर भोलोन तामाङको मृत्यु भएको छ। 

गम्भीर घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। 

मृतकको पोष्टमार्टमका लागि भक्तपुर अस्पताल लगिएको छ। 

जिल्लाको सूर्यविनायक नगरपालिका-७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नम्बरको बसलाई सोही दिशाबाट आउदै गरेको बा ९९ प ३४८५ नं. को स्कुटीले ओभरटेक गर्ने क्रममा बसमा ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाउँपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ झौखेल बस्ने ३९ वर्षीय ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ। 

गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.