वीरगन्जमा लोकसेवाको निःशुल्क कक्षा

वीरगन्जमा लोकसेवाको निःशुल्क कक्षा
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले युवाहरूलाई लक्षित गरी लोकसेवा आयोगको परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ।

महानगरपालिकाको सहयोगमा यूडीवाई सेफ कम्प्युटर एजुकेसनले लोकसेवाको तयारी कक्षा शनिबार देखि सञ्चालन गरेको हो। 

निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभावमा लोकसेवाको तयारी गर्न नसकेकाहरूलाई लक्षित गरी महानगरले शनिबारदेखि निःशुल्क तयारी कक्षा सुरु गरेको हो। 

तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुष गरी ९५ जनाको सहभागिता रहेको छ।

तयारी कक्षामा सहभागीहरूलाई धनञ्जयकुमार सिंह, सुरज राम, श्यामविनय चौधरी, सुरज कुमार यादव र हेमन्त यादवले प्रशिक्षण दिइरहेका छन्। 

महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरूमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रूपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको  बताए। 

निजामति प्रशासन, शिक्षक तथा सुरक्षा क्षेत्रमा यहाँका युवाहरूको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रूपमा हुन नसकेको भन्दै उनले त्यसैलाइ मध्यनजर गरी तयारी कक्षा सञ्चालन गरेको बताए। 

राज्य सञ्चालनमा कर्मचारीहरूको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै मेयर सिंहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरू आउन भनेर पनि तयारी कक्षा सञ्चालन गरिएको बताए। 

महानगरले युवाहरूका लागि गरेको यो प्रयास सकारात्मक भएको कक्षामा सहभागिहरूले बताएका छन्। 

महानगरले निःशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिनुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.