पोखराको लेकसाइडमा आगलागी

पोखराको लेकसाइडमा आगलागी
फाइल तस्बिर
सुन्नुहोस्

पोखरा : पोखरा महानगरपालिका–६ लेकसाइडको हल्लनचोकमा आगलागी भएको छ।

हल्लनचोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो। आज ४:३५ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

पोखरा विमानस्थल र पोखरा महानगरको वारुणयन्त्र घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन्।

आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीय लागिपरे पनि नियन्त्रणमा आउन सकेको छैन।

आगलागी भएको भवनमा हिमालयन जाभा क्याफे, नबिल बैंकको शाखासहित विभिन्न बैंक तथा वित्तीय संस्थाका एटिएम मेसिनसमेत छन्। 

सेलवेजमा आगलागीपछिसँगैका पसलहरूबाट व्यापारीहरूले सामान बाहिर निकालिरहेका छन्। घटनाको पूर्ण विवरण आउन बाँकी छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.