अर्थतन्त्रको समस्या अस्थिर सरकार र राष्ट्र बैंकको गलत मौद्रिक नीति : उपाध्यक्ष मलहोत्रा

अर्थतन्त्रको समस्या अस्थिर सरकार र राष्ट्र बैंकको गलत मौद्रिक नीति : उपाध्यक्ष मलहोत्रा
सुन्नुहोस्

उदयपुर : नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले अस्थिर सरकार र राष्ट्र बैंकको गलत मौद्रिक नीतिको कारण देशमा अर्थतन्त्र संकटमा परेको बताएका छन्। 

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको प्रथम साधारणसभा तथा अधिवेशनलाई शनिबार सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रमा देखापरेको अहिलेको समस्या आर्थिकमन्दी नभएको स्पष्ट पारेका छन्। 

नेपालको अर्थतन्त्रलाई विदेशको कुनै पनि मन्दीको प्रभाव नपर्ने बताउँदै उनले आफ्नै आन्तरिक नीति र अस्थिर सरकारकै कारणले यो अवस्था सिर्जना भएको ठोकुवा गरे। 

बैंकले अहिले वृद्धि गरेको ब्याजदर तिरेर कुनै व्यवसायीले ऋण तिर्न नसक्ने बताउँदै उपाध्यक्ष मलहोत्राले बैंकहरूले आफ्नो ब्याजदर वृद्धि गर्ने निर्णय फिर्ता नलिए स्थिति अझ भयावह हुने बताए। 

प्रदेश १ का सडक पूर्वाधार तथा सहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा लगानी गरेर प्रदेश १ लाई आत्मनिर्भर बनाउने बताए। 

वर्तमान सरकार कृषि पर्यटन र जलविद्युतमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन आवश्यक कानुन र पूर्वाधार तयार गर्न तयार रहेकाले ढुक्कसँग लगानी गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे। 

कार्यक्रममा उदयपुर जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरू राजन किराँती, नारायण बुर्जा, सम्झना पाख्रिन, गीतादेवी रेग्मीलाई सम्मान गरिएको थियो। 

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने आयोजक समितिका अध्यक्ष चुडामणि कार्कीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.