चिकित्सकको आन्दोलनले बिरामी मर्कामा

चिकित्सकको आन्दोलनले बिरामी मर्कामा
तस्बिर : अभिशेख महर्जन
सुन्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले  राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.जेनीथलाल सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौंः देशभरका चिकित्सको आन्दोलनका कारण स्वास्थ्य संस्था पुगेका बिरामी मर्कामा परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले  राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा.जेनीथलाल सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द छन् ।

उपचारका लागि आइतबार बिहान वीर अस्पताल पुगेका बिरामीका आफन्तहरूले सेवा बन्द गरेको भन्दै आक्रोश पोखे। उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन समेत गरेका छन्। प्रदर्शनको कारण सो क्षेत्रमा केहीबेर यातायात सेवा प्रभावित बन्यो।

सरकारी तथा गैरसरकारी,निजी,सहकारी स्वास्थ्य संस्था,अस्पताल,निजी तथा सरकारी मेडिकल कलेज,प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय भएको संघका महासचिव डा.वद्री रिजालले जानकारी दिए । 

नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको उनको भनाइ छ।

डा.सिंहमाथि कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन् । नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेललाई गुरुङलाई निलम्बन गरिएको बताए । उनले अन्नपूर्णसँग भने,‘वरिष्ठ प्रहरी हवल्दार गुरुङ निलम्बनमा पर्नुभएको छ । अब उहाँमाथि थप अनुसन्धान हुन्छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरी गुरुङले ट्रमा सेन्टरमा कार्यरत डा.जेनीथ सिंहमाथि हातपात गरेका थिए । सिंहलाई वीर अस्पताल अगाडि प्रहरीले कुटपीट गरेको हो । 

शुक्रबार ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठी चार्ज गरी घाइते बनाएको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.