सुर्खेतमा बसले ठक्कर दिँदा महिलाको मृत्यु

सुर्खेतमा बसले ठक्कर दिँदा महिलाको मृत्यु
सुन्नुहोस्

वीरेन्द्रनगर : सुर्खेतमा बसले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। 

बसपार्क नजिकै बसको ठक्करबाट घाइते ६६ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो। उनको पहिचान भने खुलेको छैन। 
      

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी माधवप्रसाद श्रेष्ठका अनुसार आइतबार साढे ३ बजे बसले ठक्कर दिएको थियो। 

उनको उपचारका लागि प्रदेश अस्पताल लैजाँदै गर्दा मृत्यु भएको श्रेष्ठले बताए। बा ४ ख ८०६१ नम्बरको बस बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको थियो। 

उक्त महिला जेब्राक्रसमा बाटो काटिरहेकै समयमा बसले ठक्कर दिएको प्रहरीको भनाइ छ। बसका चालक फरार रहेको छन्। बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.