रास्वपाका सभापति रवि लामिछानेको पासपोर्टबारे अनुसन्धान सुरु

रास्वपाका सभापति रवि लामिछानेको पासपोर्टबारे अनुसन्धान सुरु
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्टका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार लामिछानेविरुद्ध प्रहरीमा दर्ता भएको निवेदन उपर छानविन सुरु गरिएको हो। 

कार्की भन्छन्, 'एउटै व्यक्तिको एउटै मुद्दामा धेरैवटा निवेदन दर्ता हुँदैन। लामिछाने गृहमन्त्री हुँदा नै गृहमन्त्रालयबाट पासपोर्ट छानविनका लागि निवेदन आएको थियो। 

उक्त निवेदनका आधारमा छानविन सुरु गरिएको हो। गत माघ १३ गते लामिछानेको नागरिकता पुनः प्राप्ति गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेको थियो। उक्त फैसलासँगै लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएको थिए। 

यसको केही दिनमा अधिवक्ता युवराज सफलले नागरिकता अवैध भएपछि उक्त नागरिकता प्रयोग गरी बनाएको लामिछानेको पासपोर्ट पनि छानविन हुनुपर्ने भन्दै प्रहरीमा जाहेरी दिएका थिए। 

कार्कीका अनुसार सफलले दिएको जाहेरीलाई समेत राखेर अनुसन्धान थालिएको छ। 'पहिल्यै नागरिकताबारे छानबिन गर्न भन्दै आएको पत्रलाई जाहेरी सरह मानेर अनुसन्धान गरिरहेका थियौं,' सफलजीको अर्को जाहेरी आएपछि त्यसैमा थपेर अनुसन्धान सुरु गरिएको हो।' 

राहदानी ऐनविरुद्धको कसुर गरेको अभियोगमा लामिछानेलाई कारबाही हुनुपर्ने सफलको तर्क छ। 

जिल्ला प्रहरी प्ररिसरका प्रमुख कार्की भन्छन्, ‘निवेदनमा उल्लेख भएका विषयमा छानविन हुन्छ। अनुसन्धान सकिएपछि न्यायनिरुपणका लागि अदालतमा मुद्दा दर्ता गरिनेछ।' 

अदालतकै निर्णय अन्तिम हुनेछ। लामिछानेले २०५० सालमा वंशजका आधारमा नेपाली नागरिकता लिएका थिए। रोजगारीका लागि अमेरिका गएपछि उनले सन् २०१४ मा अमेरिकी नागरिकता लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.