जनयुद्ध स्थापित गर्न ढिलै भए पनि सार्वजनिक बिदा दिएका हौं : प्रधानमन्त्री

जनयुद्ध स्थापित गर्न ढिलै भए पनि सार्वजनिक बिदा दिएका हौं : प्रधानमन्त्री

आफैंले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे।

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताएका छन्।

२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र र राजनीतिको गम्भीर चुनौतीको वर्तमान अवस्थामा आफूले सरकारको नेतृत्व लिएको भन्दै आफूहरूलाई असफल हुने कुनै छुट नभएको बताएका हुन्।

उनले सामाजिक न्यायको क्षेत्रमा सुशासनका क्षेत्रमा र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नै पर्ने उल्लेख गरे । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि कैयौं कोणबाट प्रश्न उठाउने कोसिस भइरहेका भन्दै उनले परिवर्तनको औचित्य सिद्ध गर्नका लागि दृढताका साथ अगाडि बढ्नुको कुनै विकल्प नरहेको बताए । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी आन्दोलनका विभिन्न धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरे । 

आफैंले पनि धेरै समूहको नेतृत्वसँग पनि पार्टी एकताका लागि विभिन्न छलफल चलाएको उल्लेख गर्दै उनले छिट्टै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध माओवादीको मात्रै नभएर नेपाल राष्ट्रकै सम्पत्ति भएको बताए । वैधानिक तवरले जनयुद्धलाई स्थापित गर्न ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.