प्रधानमन्त्री प्रचण्डद्वारा गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण

प्रधानमन्त्री प्रचण्डद्वारा गेटास्थित स्वास्थ्य विज्ञान विश्वविद्यालयको निरीक्षण
सुन्नुहोस्

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।

धनगढी : कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले धनगढी पुगेर निरीक्षण गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि सुदूरपश्चिमको पहिलो पटक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको निरीक्षण गरेका हुन्। 

आइतबार मन्त्रिपरिषद्को बैठकले प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।
प्रधानमन्त्री दाहालसँगै निरीक्षणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागी लगायतको टोलीले निरीक्षण गरेको हो। 

सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माण स्थापना गर्न घोषणा गरेको थियो। तर प्रारुपबारे २०६५ देखि नै अन्योलता रहेकोमा आइतबार सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेको हो। यहाँ ७ प्याकेजमा २६ वटा संरचना निर्माण भएका छन्। जहाँ छात्र र छात्रा छात्रावास, चिकित्सक आवास कक्ष, कुरुवा, शवदाह घर, अक्सिजन प्लान्ट र थप ३ शय शैयाको अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न भइसकेको छ। 

साविक डिपिआर अनुसार ८ अर्ब ५० करोड लागत अनुमान गरिएको थियो। यद्यपि सम्पूर्ण निर्माणसहित सञ्चालनको लागि १५ अर्ब लागत अनुमान गरिएको छ। २०७७ असारसम्ममा निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। भने आव २०७७/०७८ देखि पढाइ सञ्चालन गर्ने सरकारी लक्ष्य थियो। 

उता, आजै कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहको निरीक्षण पनि गर्ने कार्यक्रम रहेको छ। त्यसपछि नेकपा माओवादी केन्द्र कञ्चनपुरले ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने छन्। यस्तै आजै महेन्द्रनगरको खुलामञ्चमा सुरु हुने १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.