विद्यार्थीलाई विदेश जानबाट रोकौःँ बिजुक्छे

विद्यार्थीलाई विदेश जानबाट रोकौःँ बिजुक्छे
सुन्नुहोस्

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेका विद्यार्थीमा बढेको विदेश मोहप्रति चिन्ता व्यक्त गरेका छन्। 

भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले यसलाई रोक्नुपर्ने आवश्यकता औंल्याए।

उनले यसलाई रोक्न अहिलेको पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। अहिलेको पाठ्यक्रममा शक्ति राष्ट्रहरूको राम्रो राम्रो मात्रै कुरा पढाउँदा यस्तो अवस्था आएको बताए। यसकारण यसमा पाठयक्रम दोषी भएको उनको भनाइ थियो।

'पाठ्यक्रममा पहिलो, दोश्रो विश्वयुद्धमा आक्रामण थाल्ने राष्ट्रहरूले गरेको अन्याय हामी पढाउँदैनौ, उनले भने, बरु उनीहरूले गरिरहेका गुणगाण मात्रै पढाउँछौ', उनले भने। 

शक्ति राष्ट्र्रहरूले तयार पारेका पाठ्यक्रम पढाउने र त्यसमा उनीहरूले साँचो कुरा नलेखेको उनको भनाइ थियो। त्यसकारण हामीले उनीहरूका बारेमा बनाएको इतिहास पढाउनुपर्ने आवश्यकता उनले औंल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.