प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। सोमबार बालुवाटारमा उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल भएको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार भेटमा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल-भारत सहकार्यका विषयमा छलफल भएको थियो। 

भारतीय विदेश सचिव क्वात्रा नेपाल-भारतको सचिव स्तरीय बैठकका लागि आज काठमाडौं आएका हुन्। यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला पौड्यालसँग भेटवार्ता गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.