बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र
सुन्नुहोस्

झापा : बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र गतिमा भइरहेको छ। 

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ५ गतेदेखि १५ गतेसम्म बिर्तामोड–२ स्थित प्रभुराम चौक उत्तर खुल्ला मैदानमा सञ्चालन हुने व्यापार महोत्सवको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए। 

बिर्तामोडमा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक न्यौपानेले महोत्सवको बारेमा जानकारी गराउँदै हालसम्म १५० वटा स्टल बुकिङ भइसकेको बताए। महोत्सवमा दुई सय स्टलहरू रहने उनले बताए। 

महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ भने झन्डै ४५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने उनको भनाइ छ। 

महोत्सवलाई चार भागमा विभाजन गरिएको छ। प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यम तथा मनोरञ्जन क्षेत्र र खानपिन क्षेत्र छुट्टाइएको आयोजक समितिका सचिव कुशल खतिवडाले बताए।

महोत्सवमा अन्तर्राष्ट्रिय औद्योगिक उपकरण , कृषि तथा जडीबुटी, पर्यटन, दैनिक उपभोग्य वस्तुहरू, हस्तकला तथा तयारी पोसाक प्रदर्शनमा रहनेछ। 

महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरूको समेत सहभागिता रहने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए। 

प्रदेश १ को कृषि, पर्यटन एवम् औद्योगिक दृष्टिकोणले समेत विकसित र सुगम स्थलका रूपमा रहेको बिर्तामोडमा सुरु हुन लागेको महोत्सवले कृषि र पर्यटनका साथै औद्योगिक क्षेत्रमा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने संघका महासचिव अर्जुनकुमार मैनालीले जानकारी दिए। 

महोत्सवको उद्घाटनमा सभामुख देवराज घिमिरेले गर्ने बताइएको छ। महोत्सव स्थलको मुख्य प्रवेशद्वार तथा स्टलहरू जर्मन प्रविधिमा निर्माण गरिने भएको छ भने मुख्य प्रायोजकका रुपमा एनसेल एक्सिएटा लिमिटेड रहने जनाइएको छ।

यसअघि संघले २०७५ सालमा सञ्चालन गरेको महोत्सवको सफलतासँगै यस पटक पनि बिर्तामोड उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको आयोजना गरेको हो। 

यता बिर्तामोडमा हुन लागेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले उत्पादक र उपभोक्तालाई जोड्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डीराज ढकालले बताएका छन्। 

महोत्सवले प्रदेश १ मा उत्पादन हुने कृषिजन्य वस्तुहरूको प्रवर्द्धन गर्नुका साथै भारत, बङ्गलादेश र पाकिस्तानबाट आएका वस्तु सिधै नेपाली उपभोक्तासम्म पुग्ने सुनौलो अवसर भएको ढकालले बताए। यसैबीच महोत्सवमा शान्ति सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने सन्दर्भमा आयोजक समितिले सुरक्षा प्रमुखहरूसँग अन्तर्क्रिया गरेको छ। 

सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा भएको छलफलमा सुरक्षाको प्रत्याभूति र ट्राफिक व्यवस्थापनमा सहयोग गर्न संघले आग्रह गरेको छ।

छलफलमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी देवराज अर्याल, इलाका प्रहरी कार्यालय अनारमनिका डीएसपी सुरज कार्की, सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेका डीएसपी उदय न्यौपाने, जिल्ला ट्राफिक प्रहरी बिर्तामोडका इन्स्पेक्टर अशोक जवेगूसहित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.