कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र
सुन्नुहोस्

सुर्खेत : कर्णालीमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी तीव्र बनाइएको छ। 

प्रदेश खेलकुद परिषदले सुर्खेत रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव बिसामित्र संज्यालले प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए। 

तर कर्णालीमा आवश्यक खेल पूर्वाधार निर्माणका लागि संघबाट आवश्यक बजेट विनियोजन गर्न पहल लिनुपर्ने बताए। 

     
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आफूहरू पनि प्रतियोगिताको तयारीमा लागिरहेको बताए। उनले भने, 'प्रतियोगिता सम्पन्न गराउन संघ सरकारका साथै प्रदेश सरकार र सरोकारवालाहरूको उत्तिकै भूमिका आवश्यक छ। यहाँ हुने खेल पूर्वाधार, खेलाडी तथा अफिसियल अतिथिहरूलाई आवासको व्यवस्था, खेल हुँदाका बखतको वातावरण र हावापानी लगायत अन्य व्यवस्थापकीय पक्षहरू महत्वपूर्ण छन। यसका लागि हामी तयारीमा जुटिरहेका छौँ।' 

प्रतियोगिता लक्षित कर्णालीमा आवश्यक खेल पूर्वाधारहरूको विकास गर्न प्रदेश खेलकुद परिषदबाट आवश्यक प्रस्ताव राष्ट्रिय खेलकुद परिषदमा पेश भइसकेको बताउँदै संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा गर्दा खेलकुद क्षेत्रमा विनियोजन हुने बजेटमा सातवटै प्रदेशको तुलनामा कर्णालीमा धेरै आउने बताए। 

प्रतियोगिता २०८१ साल मंसिरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुँदैछ। परिषदका अनुसार प्रतियोगिताका लागि पूर्वाधार निर्माण गर्न डेड अर्ब बजेट आवश्यक छ। 

उक्त बजेट संघीय सरकारसँग माग गरिएको छ। हुम्लामा हक्बीको मैदान र कवर्ड हल, मुगुमा साईकिलिङ ट्याक र कवर्ड हल, जुम्लामा रक्बी मैदान र कवर्डीको मैदान, कवर्ड हल स्तोरोन्नती, कालिकोटकोमा भलिबलको कबर्ड हल निर्माण, दैलेखमा कवर्ड हल मर्मत गर्नुपर्ने अवस्था छ। जाजरकोट र डोल्पामा कवर्ड हल निर्माण गर्नुपर्ने अवस्था छ। 

रुकुममा चौरजाहारीमा ८५ करोड लागतमा ५ हजार दर्शक क्षमताको रंगशाला बन्दैछ। सल्यानमा कवर्ड हल निर्माणका लागि जग्गा नै प्राप्त भएको छैन। यी पूर्वाधार निर्माणका लागि संघिय सरकारले बजेटको व्यवस्था तत्काल गर्नुपर्ने अवस्था छ। 

जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेशबहादुर शाहीले भने, कर्णालीका  हरेक जिल्लामा खेल पूर्वाधार विकास नभए प्रतियोगिता सम्पन्न गर्न समस्या आउनेछ।   
       


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.