नक्कली एक हजारका ५ लाख ६९ हजार रुपैयाँसहित तीन पक्राउ

नक्कली एक हजारका ५ लाख ६९ हजार रुपैयाँसहित तीन पक्राउ
सुन्नुहोस्

नेपालगन्ज : बाँके प्रहरीले नक्कली एक हजार रुपैयाँका पाँच लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सन्तोष सिंह राठौरका अनुसार कोहलपुर नगरपालिका-११ का ३३ वर्षीय मोहन कुमाइ (३३), अछामको तुर्माखाँद गाउँपालिका-३ का ३० वर्षीय दीपक विसी र सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानालाई पक्राउ गरेको हो।

नेपालगन्ज उपमहानगरपालिका-२ न्यूरोडमा मंगलबार अपराह्न साढे ५ बजेतिर शंकास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गर्दा चेकजाँच गर्दा उनीहरूले बोकेको झोलामा नक्कली एक हजारका नेता फेला परेका हुन्।  

यसअघि गत माघको पहिलो साता नेपालगन्जको धम्बोझीस्थित पाहुना घर होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो। पुस २९ गतेदेखि होटलमा बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाइ गरेको पाइएको छ। 

३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले गएर कोठामा हेर्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो। फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको बेला फेरि नक्कली नोट फेला परेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.