संवैधानिक पदाधिकारीको नियुक्तिविरूद्ध रिटको सुनुवाइ आज

संवैधानिक पदाधिकारीको नियुक्तिविरूद्ध रिटको सुनुवाइ आज
सुन्नुहोस्

सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक अंगमा गरिएका नियुक्तिविरुद्ध परेको रिट निवेदनमा यस अगाडि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

काठमाडौं : संवैधानिक पदाधिकारीको  नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। 

कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ,आनन्दमोहन भट्टराई,अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित स‌ंवैधानिक इजलासमा पेशी तोकिएको छ।

सर्वोच्च अदालतले अध्यादेशमार्फत संवैधानिक अंगमा गरिएका नियुक्तिविरुद्ध परेको रिट निवेदनमा यस अगाडि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै नियुक्तिमा सरकारका नाममा कारण देखाउ आदेश मात्रै जारी गरेको थियो।

निवेदकहरुले संसद विघटन गरेर अध्यादेशमार्फत संवैधानिक परिषद्‌को नियम परिवर्तन गरेर संवैधानिक अंगमा नियुक्ति गर्नु असंवैधानिक र गैरकानुनी भन्दै नियुक्त गरिएका पदाधिकारीलाई काममा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए।

तत्कालीन केपी ओली सरकारले सबै सदस्य उपस्थित हुनुपर्ने संवैधानिक परिषद्‌को व्यवस्थालाई अध्यादेशमार्फत बहुमत सदस्य उपस्थित भएर नियुक्ति सिफारिस गर्नसक्ने गरी परिवर्तन गरेर दुई चरणमा संवैधानिक अंगमा ५२ जना नियुक्ति गरेको थियो।

त्यसविरुद्ध अधिवक्ताहरु ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, समृत खरेलले रिट निवेदन दायर गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.