म्याग्दीमा प्रतिलिटर १० रुपैयाँले दूधको मूल्य बढ्यो

म्याग्दीमा प्रतिलिटर १० रुपैयाँले दूधको मूल्य बढ्यो
सुन्नुहोस्

डेरी व्यवसायी, म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग छलफल गरी प्रतिलिटर १० रुपैयाँले दूधको मूल्य बढाइएको हो।

बेनी: म्याग्दीमा नौ महिनाको अवधिमा दोस्रो पटक दूधको मूल्य बढेको छ। बुधबारदेखि लागू हुने गरी प्रतिलिटर १० रुपैयाँका दरले दूधको मूल्य बढाइएको हो। यसअघि गत असार १ गते प्रतिलिटर १० रुपैयाँकै दरले दूधको मूल्य बढाइएको थियो। 

डेरी व्यवसायी, म्याग्दी उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग छलफल गरेर दूधको मूल्य बढाइएको दुग्ध किसान सुरेश ढुङ्गानाले बताए।  

‘पेट्रोलियम पदार्थ, दूवानी, दाना, औषधी, घाँस, गाईभैसीको मूल्य, बैंक ब्याजदर र कामदारको ज्यालाको अनुपातमा प्रतिलिटर ११० रुपैयाँका दरले दूध बेच्दा प्रलिलिटर ३१.२२ रुपैयाँ घाटा छ,’ उनले भने ‘किसानहरूलाई पशुपालन व्यवसायबाट पलायन हुनबाट बचाउन र दूध आयात गर्नुपर्ने अवस्था आउन नदिन बाध्य भएर मूल्य बृद्धि गर्नुपरेको हो।’ 

किसानले डेरी व्यवसायीलाई प्रतिलिटर १२० रुपैयाँ र व्यवसायीले उपभोक्तालाई बेच्ने मूल्य प्रतिलिटिर १४० रुपैयाँ कायम गरिएको ढुंगानाले जानकारी दिए। तोकिएको मूल्य पाउन भैसीको दूधमा पानीको मात्र शून्य र न्युनतम पाँच प्रतिशत फ्याट हुनुपर्ने मापदण्ड बनाइएको छ।

यसअघि असारमा किसानले पाउदै आएको अधिकतम मूल्य ९० रुपैयाँबाट बढाएर ११० रुपैयाँ र ब्यापारीले बेच्ने मूल्य रुपैयाँ १२० बाट बढाएर प्रतिलिटर रुपैयाँ १३० कायम गरिएको थियो। दूधको मूल्यवृद्धिको असर उपभोक्ताको भान्सामा प्रत्यक्ष पर्ने देखिएको छ। 

बेनी बजारमा दूध आपुर्ति गर्दै आएको आधुनिक कृषि तथा पशुपंक्षी स्रोत केन्द्रका किसानहरूले दूधको मूल्य बढाउन पहल गरेका थिए। केन्द्रमा आवद्ध २२ जना किसानले मात्र बेनीमा हाल दैनिक एक हजार दूइ सय लिटर दूध ल्याउने गरेका छन्। 

बेनपा-७ का किसान कृष्ण शर्माले इन्धनको मूल्यवृद्धीको असर गाईभैसी पालनमा परेको बताए। पछिल्लो तीन दुई वर्षको अवधिमा दानाको मूल्य र ढूवानी खर्च दोव्वरले बढेको उनले बताए। 

म्याग्दीमा डेढ सयको हाराहारीमा रहेका गाइभैसी फार्ममा पाँच सय जना निर्भर छन्। वैदेशिक रोजगारबाट फर्किएका अधिकांश युवाहरू गाइभैसी, भेडाबाख्रा र कुखुरापालनमा आवद्ध छन्। दैनिक दुई हजार पाँच सय लिटरको हाराहारीमा दूध खपत हुने बेनी बजारमा ४२ वटा डेरी छन्। 

अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिंगा, सिमलचौर, बरंजा, घतान, तोरीपानी, पात्लेखेत, घार, पाउद्धार र राम्चेमा ब्यवसायिक गाईभैसी फार्म छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक्टन दूध उत्पादन हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.