पुतलीबजारका १५३ को मोतियाबिन्दु शल्यक्रिया हुने

पुतलीबजारका १५३ को मोतियाबिन्दु शल्यक्रिया हुने
सुन्नुहोस्

पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा २ साताब्यापी आँखा शिविर गर्दा शिविरमा जचाउने आउने मध्येमा १५३ जनामा मोतियाविन्दु देखिएको छ।
 

स्याङ्जा: पुतलीबजार नगरपालिकामा गरिएको नि:शुल्क आँखा शिविरमा १५३ जनामा मोतियाविन्दु देखिएको छ।

 
पुतलीबजार नगरपालिकाको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा २ साताब्यापी आँखा शिविर गर्दा शिविरमा जचाउने आउने मध्येमा १५३ जनामा मोतियाविन्दु देखिएको छ।
 
मोतियाबिन्दु देखिएका सबैजनाको पुतलीबजार नगरपालिकामै नि:शुल्क शल्यक्रिया गर्ने ब्यवस्था मिलाइएको नगरप्रमुख तुलसीराम रेग्मीले बताए।

नगरपालिकाले सञ्चालन गरेको शिविरमा ३ हजार ९२८ जनाले आखाँ परीक्षण गराएको नगर स्वास्थ्य अधिकृत इश्वर थापाले जानकारी दिए। 

ती मध्ये ७७५ जनालाई निशुल्क चश्मा उपलब्ध गराइएको छ। आँखा परिक्षणका क्रममा करिब १ प्रतिशतमा जलबिन्दु देखिएको प्राबिधिक तेज गुरुङ् र अस्मिता लामिछानेले बताए।
 
आफनै वडामा आँखाको उपचारसहित नि:शुल्क चश्मा र मोतियाबिन्दुको शल्यक्रिया गर्न पाउने भएपछि स्थानीयबासी खुशी देखिएका थिए। उपचारका लागि अधिकांश जेष्ठ नागरिक आएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.