जनकपुर यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ

जनकपुर यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ
सुन्नुहोस्

ढल्केवर(धनुषा): यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुईजना बिचौलियालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका–३ बस्ने ३३ वर्षीय अनिल साह र महोत्तरीको एकडारा गाउँपालिका–३ वस्ने ३५ बर्षीय विरेन्द्र साह छन्।

यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भन्दै आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

बुधवार सेवाग्राहीसँग तोकेको कर शुल्कभन्दा बढी रकम लिईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.