रेबिज लागेर लैनो भैंसीको मृत्यु
![रेबिज लागेर लैनो भैंसीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/rabige_cTuuX7XqJh_eFU6cbeJj6.jpg)
वीरेन्द्रनगर : सुर्खेतको गुर्भाकोट नगरपालिकाहुनो भैसीको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–२ दहस्थित नेत्रलाल शर्मा गैरेको दुहुनो भैंसी रेबिज लागेर मृत्यु भएको हो। उक्त भैंसीमा गत सोमबारदेखि मुखबाट ¥याल निकाल्ने, मानिसलाई झम्टन खोज्ने, कुकुर जसरी कराउने लगायतका रेबिज रोगको लक्षणहरू देखिएका थिए।
भैंसीलाई सुरक्षित साथ बाधिएर राखिएको थियो। भैंसी बाँधेको किलामै मंगलबार मरेको भैसी पालक किसान गैरेले बताए। भैंसीमा रेबिज देखा परे लगत्तै घर परिवारलाई रेबिजविरुद्धको खोप लगाएइको छ। भैंसीको मृत्यु भएपछि डोजरले खाडल खनी मंगलबार साँझ गाडिएको छ। अन्य पशुचौपायामा पनि रेबिज हुन सक्ने भन्दै सतर्कता अपनाउन वडा कार्यालयले आग्रह गरेको छ।
कर्मचारीहरूलाई सतर्क रहन आग्रह गर्ने र खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन गरिसकेका छौँ। कुकुर, स्याल र चमेराको टोकाइबाट सर्ने रबिजलाई नियन्त्रण गर्न घर े पालुवा तथा छाडा कुकुरहरूलाई रबिज बिरुद्धको खोप अभियान तीव्र रूपमा संचालन गरिएको छ। आबश्यकताअनुसार खोपको व्यवस्थापन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)