नेपाली छात्राको मृत्युले ओडीसामा त्यस्तो के भयो? जहाँ ५ सय बढी नेपाली विद्यार्थी होस्टलबाट निकालिए

नेपाली छात्राको मृत्युले ओडीसामा त्यस्तो के भयो? जहाँ ५ सय बढी नेपाली विद्यार्थी होस्टलबाट निकालिए

काठमाडौं : भारतको ओडीसा राज्यको राजधानी भुवनेश्वर यतिबेला अक्रान्त बनेको छ। कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएपछि भुवनेश्वर अक्रान्त बनेको हो।

नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमै मृत भेटिएपछि नेपाली विद्यार्थीहरू आइतबार रातिदेखि नै प्रदर्शन गरिरहेका छन्। उनीहरूले मृतक प्रकृतिको न्याय माग्दै युनिभर्सिटी परिसरमा रातभर प्रदर्शन गरेका हुन्।

त्यहाँस्थित नेपाली विद्यार्थी अनिल साहले प्रकृतिको न्यायका लागि आइतबार राति ९ बजेदेखि सोमबार बिहानसम्म प्रदर्शन गरिएको बताए। विश्वविद्यालय प्रशासन र त्यहाँको प्रहरीले सबुत प्रमाण मेटाउनसक्ने भन्दै प्रकृतिको न्यायका लागि नेपाली विद्यार्थीहरूले रातभरि प्रदर्शन गरेको उनको भनाइ छ।

प्रदर्शनका दौरान नेपाली विद्यार्थीहरूसँग विश्वविद्यालय प्रशासनले धरपकडसमेत गरेको विद्यार्थीहरूले बताएका छन्। विश्वविद्यालयमै प्रदर्शन हुन थालेपछि रजिस्ट्रारले नेपाली विद्यार्थीहरूलाई होस्टल छाड्न उर्दीसमेत जारी गरिएको छ।

स्थानीय समाचार पोर्टल ओटीभीका अनुसार नेपाली विद्यार्थीहरूलाई विहानैदेखि होस्टलबाट बाहिर निकालिएको छ। ओटीभीसँगको कुराकानीमा विद्यार्थीहरूले प्रदर्शनपश्चात होस्टेल फर्किएका विद्यार्थीहरूमाथि धरपकड गरी होस्टेलबाट निकालेको बताएका छन्।

'मृतक प्रकृतिको न्यायका लागि हामीले रातभर प्रदर्शन गर्‍यौं। त्यहाँबाट हामीलाई जबरस्ती होस्टेल पठायो। अहिले त होस्टलबाट पनि बाहिर निकालेका छन्। प्रदर्शनलाई दबाउन विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूसँग अन्याय गरेको छ,' एक विद्यार्थीले ओटीभीसँग भनेका छन्।

नेपाली विद्यार्थीहरूले आफूहरू आइतबार रातिदेखि नै भोको पेट रहेको बताएका छ्। कतिपयले त नेपाल फर्किने पैसासमेत नभएको ओटीभीलाई बताएका छन्। 'विश्वविद्यालयको यस्तो निर्णयले  हामी बेसहारा बनेका छौं। रातिदेखि नै केही खान पाएका छैनौं। यही कलेज हो, जसले नेपालमा धेरै प्रचार गर्‍यो। हामीलाई भर्ना गर्न प्रेरित गर्‍यो। अहिले होस्टलबाट हामीलाई धकेलेर निकालियो,' नेपाली विद्यार्थीहरूले ओटीभीसँग भनेका छन्। केही नेपालीले घटनाबारे घरमा अभिभावकलाई बताए पनि अधिकांशले परिवारमा तनाव हुन नदिन केही नबताएको बताएका छन्। 

यसैबीच मृतक प्रकृतिलाई दुुर्व्यवहार गरेकाे भनिएका अदभिक श्रीवास्तव पक्राउ परेका छन्। त्यहाँबाट भाग्दै गरेका उनलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको स्थानीय न्युजहरूले उल्लेख गरेका छन्। प्रकृति र अदभिकबीचको संवाद पनि यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। संवादमा अदभिकले प्रकृतिलाई तथानाम गाली गरेका छन्। उनले अपशब्द प्रयोग गरेर प्रकृतिलाई यातना दिएको त्यहाँका नेपाली विद्यार्थीहरूले जानकारी दिएका छन्।

केआइआइटी विश्वविद्यालयमा ५ सय बढी नेपाली विद्यार्थी रहेका छन्। उनीहरूलाई जबरजस्ती होस्टेलबाट निकालिएको खबर यतिबेला भारतीय सञ्चारमाध्यमरूले समाचार प्रकाशित गरिरहेका छन्। नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारप्रति यतिबेला भारतकै सामाजिक सञ्जालमा पनि ठूलो बहस भइरहेको छ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त घटनाका विषयमा कूटनीतिक पहल गरिरहेको बताएका छन्। उनले भनेका छन्, 'भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।' 

केआइआइटी विश्वविद्यालयले भन्यो- तनाव बढेपछि नेपाली विद्यार्थीहरूलाई फिर्ता पठाएका हौं
केआइआइटी विश्वविद्यालयले भने तनाव बढेपछि नेपाली विद्यार्थीहरूलाई अभिभावकको सल्लाहअनुसार फिर्ता पठाएको बताएको छ। विश्वविद्यालयले सोमबार विज्ञप्ति जारी गरेर नेपाल विद्यार्थीले आत्महत्या गरेको उल्लेख गरेको छ। उसले घटना सम्बन्धनमा प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संलग्न भनिएको युवकलाई पक्राउ गरिसकिएको उल्लेख गरेको छ।

विश्वविद्यालयले नेपाली विद्यार्थीहरूसँग १० घन्टा बढी परामर्श गरेको र नेपाली विद्यार्थीहरू प्रशासनको कुरा सुन्न अनिच्छुक भएको बताएको छ। 'हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका हौं। तर, उनीहरू हाम्रो कुरा सुन्न चाहेनन्। विश्वविद्यालय हातामा प्रदर्शन जार राखे। घन्टौंसम्म सडक अवरुद्ध भयो। जसले कानुन र व्यवस्थालाई पनि चुनौती दियो। थप अप्रिय घटनाहरू हुन नदिन र सहज र निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न नेपाली विद्यार्थीहरूलाई अभिभावकको  सहयोगमा स्वेच्छाले आ-आफ्नो स्थानमा फर्कन सल्लाह दिइएको छ,' विज्ञप्ति भनिएको छ। घटना सामान्य भएपछि नेपाल विद्यार्थीहरूलाई फर्किन प्रोत्साहन गरिएको र यस अवधिमा उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्याइने विश्वविद्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.