तस्करीको कपडासहित अटो चालक पक्राउ

तस्करीको कपडासहित अटो चालक पक्राउ
तस्करीको कपडासहित प्रहरीले नियन्त्रणमा लिएको अटो र चालक। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका-१३ स्थित जतुवा नहरबाट तस्करीको कपडा (कुर्ता–सलवार)सहित एक जना अटो चालकलाई प्रहरी बिहीबार दिउँसो पक्राउ गरेको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले अटो चालक सुनसरीको बर्जु गाउँपालिका-३ का ४१ वर्षीय प्रेम गुरुङलाई पक्राउ गरिएको जानकारी दिए। 

उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले दिउँसो १२:३५ बजेतिर को २ ह १६३३ नम्बरको अटो पनि नियन्त्रणमा लिएको छ। 

भारतबाट तस्करी गरेर ल्याएको कपडा लोड गरिएको अटो र चालकलाई नियन्त्रणमा लिइएको कार्कीले बताए।  साथै १ लाख ३५ हजार ५ सय मूल्य बराबरको अवैध कपडा नियन्त्रणमा लिइएको उनको भनाइ छ। 

बरामद गरिएको कपडा तथा नियन्त्रणमा लिइएको अटोसहित चालकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी कार्कीले दिए। कपडासहित अटोको भन्सार मूल्यांकन ५ लाख ३३ हजार ५ सय रुपैयाँ भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.