सेनाका जवानले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति, दर्जन चौपाया मरे

सेनाका जवानले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति, दर्जन चौपाया मरे
सुन्नुहोस्

दार्चुला : दार्चुलामा एक युवकले आफ्नै घरमा आगो लगाउँदा लाखौंको क्षति भएको छ। जिल्लाको महाकाली नगरपालिका-३ बाँजका २८ वर्षीय गौर सिंह महराले बिहीबार राति आफ्नै घरमा लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले बताए।

ढुङ्गा र काठले बनेको दुई तले, ६ कोठाको घर पूर्ण रूपमा जलेर नष्ट भएको उनले बताए। आगो लगाउने व्यक्ति नेपाली सेनामा कार्यरत जवान हुन्। बिदामा घर आएको बेला आगो लगाएको बताइएको छ। हाल उनको मानसिक अवस्था ठीक नरहेको स्थानीयले बताएका छन्।

यस्तै आगलागीबाट गोठमा रहेका २ वटा गाई, ३ बाच्छा, ३ बाख्रा, एउटा बोका र २ कुकुर गरि ११ पशुचौपाया मरेको प्रहरीले जनाएको छ। घटनाबारे बिहान मात्रै खबर आएको र बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको प्रहरी निरीक्षक रावतले बताए। यस्तै त्यहाँ नेपाली सेना पनि खटिएको थियो।

आगलागीबाट घरमा भएका लत्ताकपडा, अन्नपात लगायत सबै समान जलेर नष्ट भएको छ। घरमा आगजनी गर्ने महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.