बक्स अफिस कलेक्सन रिपोर्ट अब सोमबार सार्वजनिक हुने, यस्तो छ हेर्ने तरिका
काठमाडौं : चलचित्र विकास बोर्डले हरेक हप्ताको सोमबार बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने भएको छ।
शुक्रबारदेखि अर्को हप्ताको आइतबारसम्मको बक्स अफिस कलेक्सन रिपोर्ट प्रत्येक हप्ताको सोमबार बोर्डको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने भएको हो।
बोर्डबाट हरेक हप्ता स्वदेशी चलचित्रहरूको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस !