प्रधानमन्त्रीमाथि बालेनको तीव्र आक्रोश, महासचिव पोखरेलले दिए जवाफ

प्रधानमन्त्रीमाथि बालेनको तीव्र आक्रोश, महासचिव पोखरेलले दिए जवाफ
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन्। लामो समयदेखि काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत नपाएपछि मेयर बालेनले प्रधानमन्त्री ओलिमाथि आक्रोश पोखेका हुन्।

उनले आफू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे भएको उल्लेख गरेका छन्। आफूलाई हराउने चक्करमा देश नडुबाउन उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। 'प्रधानमन्त्रीज्यु,
भोको पेट मारेर मलाई हराउन खोज्नुभएको छ। हामी त तपाईँकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे। मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला,' उनले फेसबुकमा भनेका छन्।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरपालिकाको विकासलगायत आयोजनाहरू काम ठप्प भएको छ। मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत माग गर्दै सरकारलाई चिठी लखे पनि हालसम्म पनि नपाएपछि सामाजिक सञ्जालमा आक्रोश पोखेको हुनसक्ने बताइएको छ।

बालेनको स्टाट्सपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत किन टिक्दैनन् भन्ने विषय मेयर बालेनले बुझ्नुपर्ने तर्क गरेका छन्। उनले महानगरपालिकाको सेव प्रवाह रोक्न नहुने उल्लेख गरेका छन्। 

'काठमाडौं महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ। तर, किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन। कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्व कार्यकारी अधिकृत पठाउनुपर्छ। कार्यकारी अधिकृतको अभावमा महानगरको सेवा प्रवाह र अन्य काममा समेत असर पर्न सक्छ,' महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.