युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भव्य स्वागत गर्दै ह्वाइट हाउस
काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको स्वागतका लागि ह्वाइट हाउसले भव्य तयारी गरेको छ। अमेरिका भ्रमणमा रहेका जेलेन्स्की र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शुक्रबार ह्वाइट हाउसमा द्विपक्षीय वार्ता हुँदैछ।
ट्रम्प र जेलेन्स्कीबीच द्विपक्षीय भेटवार्ता, दिवाभोज र सञ्चारकर्मीसँग साक्षात्कार कार्यक्रम रहेको छ। युक्रेन र रुसबीच जारी युद्धका कारण पनि यो भेटलाई विश्व जगतले विशेष चासोको रूपमा हेरिरहेका छन्।
ट्रम्प र जेलेन्स्कीबीच युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँचको विषयमा सम्झौता हुने बताइएको छ। उक्त सम्झौतापछि अमेरिकाले युक्रेनको दुर्लभ खनिज पदार्थमा पहुँच प्राप्त गर्ने दाबी गरिएको छ।
ट्रम्पका अनुसार यो सम्झौता अमेरिकी करदाताहरूका लागि धेरै लाभदायक हुने छ। यसले युक्रेनलाई सहयोग गर्न खर्च भएको अर्बौं डलरको क्षतिपूर्ति दिनेछ। यद्यपि अमेरिकी अधिकारीहरू यस सम्झौताको बारेमा आशंका व्यक्त गरेका छन्। सीएनएनको रिपोर्ट अनुसार विज्ञहरूले सम्झौता कार्यान्वयन त्यति सजिलो नभएको बताएका छन्। युक्रेनमा दुर्लभ खनिज छ भन्ने कुनै ठोस जानकारी नभएको उनीहरूको तर्क छ।
प्रतिक्रिया दिनुहोस !