डिल्लीराम खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

साइबार व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायले खनालमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद दिएको बताए।
काठमाडौंः अभिनेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनाललाई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर खनालमाथि अनुसन्धान गर्न चार दिन म्याद थप गरेको हो।
साइबार व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपति कुमार रायले खनालमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद दिएको बताए।
खनाल बानेश्वरबाट आजै बिहान पक्राउ परेका थिए। खनालविरूद्ध उजुरी परेपछि साइवर व्यूरोले विद्युतीय कारोवार ऐन २०६३,अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति मागेको थियो।
अभिनेतृ तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध २५ माघमा प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।
खनालले करिश्मा लिभिङ टुगेदरमा रहेको भन्दै युट्युबमा अन्तरवार्ता दिएका थिए । खनाल युट्युबमा'भाइरल म्यान' हुन्।
प्रतिक्रिया दिनुहोस !
