डोटीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

डोटीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते
सुन्नुहोस्

जीपमा सवार यात्रुहरु शुक्रबार मात्रै भारतबाट आएका थिए।

डोटी : डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। केआईसिंह गाउँपालिका- १ लोलीमा जीप दुर्घटना हुँदा डुम्राकोटका ३६ वर्षीय जीप चालक गोविन्द शाही र वडा नम्बर २ जारीमभाडीका ४१ वर्षीय धन बहादुर तिरूवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन्। घाइते हुनेहरुमा केआइसिंह गाउँपालिका- १ डुम्राकोटका २७ वर्षीय तेज तिरूवा, सोही ठाउँकी २६ वर्षीया राधा तिरुवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

त्यस्तै डुम्राकोटकै ४ वर्षीय बालक समीर तिरुवा, २३ वर्षीया लक्ष्मी तिरुवा, १९ वर्षीय मीन लुहार र वडा नम्बर २ जारिमभाडीका २४ वर्षीय सुरज तिरुवा सामान्य घाइते भएका छन्। सामान्य घाइतेहरुलाई उद्दार पछि घर पठाइएको छ भने गम्भीर घाइतेहरुको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ।

जीपमा सवार यात्रुहरु शुक्रबार मात्रै भारतबाट आएका थिए। सुप. प्र. ०१२३००१ च ३३२९ नम्बरको जीप रिजर्भ गरेर दिपायलबाट केआइसिंह जाँदै गर्दा शुक्रबार राति साढे ११ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
 
जिप सडकबाट करिव ५०/६० मिटर तल खसेको र घटना के कसरी भयो भन्ने थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा खटिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.