सोनार प्रिमियर लिग क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई
वीरगन्ज: सोनार प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधी केएस सुपर किंग्सले जितेको छ। वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार भएको फाइनलमा ओम वारियर्सलाई ३ विकेटले पराजित गर्दै केएस सुपर किंग्सले उपाधी जितेको हो।
ओम वारियर्सले दिएको १३३ रनको लक्ष्य केएस सुपर किंग्सले १८.१ ओभरमा ७ विकेट गुमाउदैं पुरा गरेको हो। त्यसअघि टस जितेर पहिले व्याटिंग गरेको ओम वारियर्सले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३२ रन बनाएको थियो।
प्रतियोगितको सर्वोत्कृट ब्याट्सम्यान ओम वारियर्सका व्याट्सम्यान रोहन सर्राफलाई चाँदीको ब्याट्स प्रदान गरिएको थियो।
उपाधी विजेता केएस सुपर किंग्सले ट्रफीसहित नगद ६० हजार रुपैयाँ पाएको छ भने उपविजेता ओम वारियर्सले फस्ट रनरअप ट्रफीसंगै नगद ३० हजार रुपैयाँ पाएको छ।
पर्सा सुनचाँदी कालीगढ संघले माघ २१ गतेदेखि आयोजना गरेको प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए ।