कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

दैलेख : दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिकाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
नौमुले गाउँपालिका–४ बाङ्गेबजार बस्ने ३० वर्षीय छबिन्द्र बुढा मगर,३१ वर्षीय कमल सारु मगर र ४२ वर्षीय कर्मसिंह दर्लामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विस्टले बताए ।
उनीहरू २०७७ भदौदेखि फरार थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विस्टले बताए ।
प्रतिक्रिया दिनुहोस !
