दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने

दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने
सुन्नुहोस्

दैलेख (राकमकर्णाली): जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । २०७६ फागुन १० गते नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको  शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो । 

नगरपालिका र प्रतिष्ठानबीचको सम्झौता अनुसार राकमकर्णालीमा सय शैयाको शिक्षण अस्पताल निर्माण गरि नागरिकलाई गुणस्तरिय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उल्लेख छ । 

कर्णाली प्रदेश सरकार र संघीय सरकारको समन्वयमा शिक्षण अस्पताल निर्माण हुनेछ । अस्पतालको सम्पूर्ण व्यवस्थापन र सञ्चालनको जिम्मा प्रतिष्ठानले लिनेछ ।शिक्षण अस्पताल निर्माणका लागि आठबीस नगरपालिका–३ मा ४० रोपनी (दुई हजार एक सय ३० वर्गमिटर) क्षेत्रफल जग्गा व्यवस्थापन भइसकेको नगरका प्रमुख तर्कबहादुर बडुवालले बताए ।

उक्त जग्गा नगरपालिका र प्रतिष्ठानको संयुक्त स्वामित्वमा छ । अस्पताल निर्माणको लागि डीपीआर  निर्माणको काम भइरहेको नगरप्रमुख बडुवालले बताए । अस्पताल निर्माण तथा सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा समिति समेत गठन भइसकेको छ ।

हाल नगरले राकमकर्णालीस्थित आधारभूत अस्पतालबाट नागरिकलाई सेवा प्रवाह गरिरहेको   छ । उक्त अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरूमा प्रतिष्ठानले चिकित्सक खटाएको छ । 

अस्पतालमा आधारभूत भौतिक व्यवस्थापनहरू एक्सरे,भीडीयो एक्सरे,इसिजी ल्याबसहित अस्पताल फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ । विशेषज्ञ सेवा सञ्चालनका लागि अपरेशन कक्ष तयार तथा आवश्यक भौतिक सामग्री व्यवस्थापन भएको नगरप्रमुख बडुवालले बताए । २०७८ माघ १६ गते नगरप्रमुख र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारबीच भएको सम्झौता अनुसार प्रतिष्ठानले हालको आधारभूत अस्पतालमा थप विशेषज्ञ सेवाका लागि जनशक्ति परिचालन गर्ने  नगरले बजेट व्यवस्थापन गर्न बाँकी छ ।

प्रतिष्ठानले राकमकर्णालीको आधारभूत अस्पतालका लागि अक्सिजन प्लान्ट प्रदान गरिसकेको   छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट प्राप्न अक्सिजन प्लान्ट प्रतिष्ठानले आठबीस नगरपालिकाको आधारभूत अस्पताललाई उपलब्ध गराएको हो । अक्सिजन प्लान्ट जडानका लागि नगरपालिकाले ट्रस्ट निर्माण,विद्युतीय प्रशारण ट्रास्फर्म खरिदमा ३२ लाख पाँच हजार रुपैयाँ खर्च गरेको नगरका जनस्वास्थ्य निरीक्षक देवराज तिमिल्सेनाले जानकारी दिए । 

हालै जडान भएको अक्सिजन प्लान्ट सोमबार उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह, प्रतिनिधिसभा सदस्य सोविता गौतम,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललगाएतको उपस्थितीमा अक्सिजन प्लान्ट उद्घाटन गरिएको हो । अक्सिजन प्लान्ट उद्घाटन गर्दै मन्त्री शाहले कर्णालीमा स्वास्थ्य सुधारका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । 

राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार रहेको मन्त्री शाहले  बताए । 
पहिलो पटक राकमकर्णाली पुगेकी प्रतिनिधिसभा सदस्य सोविता गौतमले अब दोस्रो पटक राकमकर्णालीमा आउँदा अस्पताल निर्माण भईसक्ने विश्वास लिएको बताइन् ।

उनले कर्णालीको सबैखाले समस्या संघीय संसदमा दृष्य वा अदृष्य रुपमा निरन्तर उठाउने बताइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल जति सक्दो छिटो निर्माण गर्ने बताए । डा.रावलले आगामी दुईवर्षभित्रै ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।

अक्सिजन प्लान्ट उद्घाटन गर्न पुगेका आर्थिक मामिला तथा योजना मन्त्री बिनोदकुमार शाह। तस्बिर : हिक्मतबहादुर नेपाली


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.