निरु बिक हत्याप्रकरण : डेढ वर्षपछि दुई जना पक्राउ

बीरेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कालिकोटकी निरु बिकको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कालिकोटको खाँडाचक्र नगरपालिका-६ दाहाँकी कक्षा ९ मा अध्यायनरत निरु बिकको हत्या भएको डेढ वर्षपछिघटनामा संलग्न रहेको आशंकामा दुई जना परेका हुन्।
पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका-६ दाँहाँका वर्षीया कमला विक र सोही ठाउँका हाल खाँडाचक्र नगरपालिका-३ ताडी बस्ने ४७ वर्षीय अने नेपाली छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले केही तथ्य तथा परिस्थितिजन्य प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !
