सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै सिद्धार्थनगर

सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै सिद्धार्थनगर
सुन्नुहोस्

भैरहवा : सामुदायिक (छाडा) कुकुरहरूका कारण समस्या बढेपछि सिद्धार्थनगर नगरपालिकाले शिविर सञ्चालन गरी सामुदायिक कुकुरहरूको बन्ध्याकरण थालेको छ।

नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबारदेखि तीन दिने शिविर सञ्चालन गरी सामुदायिक कुकुरहरूको बन्ध्याकरण थालेको हो।

सामुदायिक कुकुरहरूको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनीकरण गर्न सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए। 

उनले शिविरमा खटिएको विज्ञ सहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरूलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण लगायत उपचार गरे पश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको बताए।

उनले यस शिविरले सामुदायिक कुकुरहरूको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनीकरण हुनेमा विश्वास लिइएको बताए। तर, खुल्ला सिमाना भएकाले भारत र अन्य पालिकाबाट पनि सामुदायिक कुकुरहरू आउने गरेको कारण समस्या रहेको बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा एक सय ५० देखि दुई सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताए। 

उनका अनुसार मंगलबार ५० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ। यसका साथै शिविरमा सामुदायिक कुकुरहरूलाई रेबिज विरुद्ध खोप समेत लगाउने गरिएको छ।

नगरपालिकाको कार्यालयले सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि सूचना जारी गरेर वडा/टोलमा रहेका सामुदायिक कुकुरबारे जानकारी गराउन नगरवासीलाई आग्रह समेत गरेको छ।

‘अहिले तीन दिने शिविरमा सके जतिको बढी कुकुरहरूको बन्ध्याकरण गर्छौँ’ सिद्धार्थनगर नगरपालिकाका कृषि विकास तथा पशु सेवा शाखाका प्रमुख योगेन्द्र प्रसाद यादवले भने, ‘फलदायी देखिएमा अर्को पटक बजेट र समयावधी बढाएर शिविर सञ्चालन गर्ने सोचमा छौँ।’

हिमालयन एनिमल रेस्क्यू ट्रष्टका संस्थापक तथा सञ्चालक खगेश्वर भट्टराईका अनुसार कुकुर बन्ध्याकरणका लागि ट्रष्टबाट तीन जना पशु चिकित्शक, दुई जना प्राविधिकसहित १२ जनाको टोली खटिएको छ। 

यसबाहेक नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि जनशक्ति खटिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.