सम्भव छ मधेसी दलबाट राष्ट्रपति र उपराष्ट्रपति?

सम्भव छ मधेसी दलबाट राष्ट्रपति र उपराष्ट्रपति?

काठमाडौं : मधेसवादी दलहरूले राष्ट्रपति र उपराष्ट्रिपति पदका लागि लबिङ थालेका छन्। संवैधानिक पदहरूमा समावेशी प्रतिनिधित्वका सबाललाई मधेस आश्रित दल जनता समाजवादी पार्टी (जसपा) र लेकतान्त्रिक समाजवादी पाटी (लोसपा)ले उठाएका छन्। 

लोसपाले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव लिएर अघि बढेका छन् भने जसपाले उपराष्ट्रपति पद माग्दै आएको छ। जसका कारण जसपा अहिलेसम्म सरकारमा सहभागी भएको छैन।

सत्तासीन दल माओवादी केन्द्रले सोमबार आफ्नो स्वार्थ केन्द्रित राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिको पात्र खोज्ने अधिकारिक निर्णय गरेको थियो। त्यसको २४ घण्टा नबित्दै लोसपाका नेताहरूले मंगलबार साँझ माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेका छन्। माओवादीले खोजेको पात्र महन्थ ठाकुर भएको लोसपाका नेताहरूले प्रधानमन्त्रीलाई प्रस्ताव गरेका छन्।

गणतन्त्र र संविधानको रक्षा एवं शान्ति प्रक्रिया टुंगो लगाउने पात्रलाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने माओवादी केन्द्रले नीति बनाएको छ। लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले खोजेको साझा पात्र लोसपाका अध्यक्ष महन्थ ठाकुर भएकोबारे जानकारी गराएको पुष्टि गरे।

‘तपाईंले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरो गरिरहनुभएको छ। यसमा हाम्रो पनि समर्थन छ। राष्ट्रिय सहमतिका लागि सबैभन्दा उपयुक्त पात्र महन्थ ठाकुरजी हुनुहुन्छ,’ प्रधानमन्त्रीलाई भनेको कुरा नेता महतोले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री दाहालले लोसपाका नेताहरूलाई महन्थ ठाकुर राष्ट्रपतिका लागि उपयुक्त पात्र रहेको बताउँदै यसका लागि प्रमुख दलका नेताहरूसँग छलफल गर्ने लोसपाका नेताहरूलाई आश्वासन दिएका थिए।

‘तपाईंको यो प्रस्ताव ठीक छ। कुनै दलसँग स्पष्ट बहुमत छैन। सबै दृष्टिकोणले महन्थ ठाकुरजी राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार हो,’ प्रधानमन्त्रीले लोसपाका नेताहरूसँग भने। राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय सहमतिका उम्मेदवारवार उहाँ (महन्थ ठाकुर) भएको प्रचण्डको भनाइ उद्धृत गर्दै महतोले बताए। 

राष्ट्रपतिका लागि कुनै पनि पात्रको नाममा अहिले निर्णय नभएको र यसका लागि कांग्रेस, एमालेलगायतका पार्टीसँग छलफल भइरहेको प्रचण्डले बताएका थिए। 

महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति कामय गर्न लोसपाका नेताहरू कांग्रेस, एमाले र माओवादीका नेताहरूसँग भेटघाट बढाएका छन्। बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर लोसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्लाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमा भेटेका छन्। 

उनीहरूले लोसपा अध्यक्ष ठाकुरलाई राष्ट्रिपत बनाउन आग्रह गरेका थिए। महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने प्रस्तावलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक प्रतिक्रिया दिएको लोसपाका नेता शरतसिंह भण्डारीले बताए।

‘राष्ट्रिय सहमतिबाट राष्ट्रपति बनाउनुपर्ने राष्ट्रिय चर्चाको जो विषय यसका लागि हाम्रो पार्टीको अध्यक्ष महन्थ ठाकुर सबै हिसाबले उपयुक्त रहेको हामीले ओलीजीलाई भनेका छौं। उहाँ यस विषयमा सकारात्मक पनि हुनुहुन्छ,’ उनले भने, ‘ओलीजीले यस विषयमा पार्टीभित्र छलफल चलाउने विश्वास दिनुभयो।’ यही प्रस्ताव लिएर लोसपाका नेताहरू कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुधबार भेट्ने कार्यक्रम तय गरेका छन्। 

विगतमा राष्ट्रपति विद्यादेवी भण्डारी र रामवरण यादवले चलेका कदमहरू विवादित भएको कांग्रेस, माओवादी, जसपा, लोसपाको ठहर छ। ‘राष्ट्रपति साझा हुनुपर्छ। सबै पार्टीको साँझा पात्र पनि हुनुपर्छ। विगतमा राष्ट्रपति पदको दुरुपयो भयो। यसले राष्ट्रपतिको बारेमा दलहरूबीचमा सोचनीय विषय भयो,’ महतोले भने, ‘कांग्रेस र एमालेको राष्ट्रपति भएर उहाँहरूले काम गर्नुभयो। उहाँहरू एकतर्फी रूपमा पार्टीका लागि काम गर्नुभयो।’ 

एकल पार्टीको पात्रलाई राष्ट्रपति बनाउँदा फेरि पनि दुरुपयोग हुनसक्ने उनले शंका व्यक्त गर्दै भने, ‘त्यसैले राष्ट्रपतिका लागि साँझा उम्मेदवार हुनुपर्छ। राष्ट्रजीवनका साझा व्यक्ति हुनुपर्छ।’ 

एमाले राष्ट्रपतिमा कांग्रेसलाई मान्न तयार छैन। विगतमा एमालले राष्ट्रपति दुरुपयोग गरेको कांग्रेसको ठहर छ। अर्कोतिर माओवादीले पुस १० मा गरेको सहमतिअनुसार आफूहरूले राष्ट्रपति पद पाउनुपर्ने एमालेको दाबी छ। तर प्रधानमन्त्रीमा कांग्रेसले विश्वासको मत दिएपछि यो अवस्था बदलिएको माओवादी प्रवक्ता कृष्णबहाहुर महराले बताए। यसका लागि माओवादीले शर्त अघि सारेको छ, 'ती पात्र गणतन्त्र र संघीयताको रक्षा एवं शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने खालेको हुनुपर्छ।' यसका लागि प्रधानमन्त्री दाहालले राष्ट्रिपति पदमा राष्ट्रिय सहमति हुनुपर्ने रट लगाएका छन्।

प्रधानमन्त्री दाहालले आफ्नो अनुकुलको राष्ट्रपति खाजिरहेको राजनीतिक विश्लेषक चन्द्रकिशोरले बताए। ‘प्रचण्डले आफ्नो कार्यकारी अधिकारमा अवरोध नहोस् भनेर आफ्नो अनुकुलको राष्ट्रपति बनाउन चाहेका छन्,’ उनले भने, ‘प्रचण्डलाई आफ्नो अन्तिम कार्यकाललाई उपलब्धिमूलक बनाउन चाहन्छन्।’ 

आन्दोलनबाट आएको उपलब्धिलाई संस्थागत गर्न र जनतालाई महसुस गराउन आफू पाँचै वर्ष प्रधानमन्त्री बन्न चाहिरहेको बताउँदै उनले थपे, ‘यो उनको भित्रि इच्छा छ। कांग्रेसले विश्वासको मत दिए पनि अहिले उनको बार्गेनिङ क्यापेसिटी बढेको छ।’ 

माओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीबाट कोर मान्छे दिने स्थितिमा छैन। तर उनले परिवर्तनको सिम्बोल खोजिरहेका छन्। प्रधानमन्त्री दाहालको नजरमा गणतन्त्र र संघीयताका रक्षा र कार्यान्वयनको नजरमा महन्थ ठाकुरलाई देखिरहेका छन्। अर्को शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नका लागि माधव कुमार नेपाल राष्ट्रपतिको रूपमा ल्याउन खोजेको विश्लेषक चन्द्रकिशोरको भनाइ छ। 

नागरिक समाजका अगुवा तथा कांग्रेस नेता दमननाथ ढुंगनालाई पनि यो पदका लागि उनी प्राथमिकताका रोखेको उनले बताए। 

नेता महतोले प्रधानमन्त्री दाहालले खोजेको पात्र नै महन्थ ठाकुर रहेको ठोकुवा गरे। ‘प्रधानमन्त्री एउटा समुदायबाट छन्। समाभुख पनि एउटा समुदायबाट छन्। अरु समुदायबाट राष्ट्रपति बन्नुपर्छ। त्यसपछि मात्रै राज्य समावेशी भएको अनुभूति हुन्छ,’ उनले भने, ‘संघीयताका लागि लामो लडाईँ गरेर आएको व्यक्तिको महन्थजी हुनुहुन्छ। उहाँ १२ बुँदे शान्ति सम्झौका लगायत सारा विषयमा सामेल हुनुहुन्छ।’

उपराष्ट्रपति पद पाउनुपर्ने माग राख्दै आएको जसपा भने पर्ख र हेरको अवस्थामा रहेको जसपाका नेता राजकिशोर यादवले बताए। ‘प्रमुख दलहरूले के गर्छन् हामी हेर्दैछौं। तर जसपालाई उपराष्ट्रपति पद दिनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने, 'यसका लागि सबै पार्टीका नेतासँग छलफल भइरहेको छ। यस विषयमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देवाउ, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालजीसँग भेटेरै कुरा भएको छ।’ 

उनले राष्ट्रिपतिमा कुन कुन पार्टीको सकीकरण बन्छ, उम्मेदवार को-को आउँछ,  त्यहीअनुसार आफ्नो पार्टीको धारण बनाउने बताए। राष्ट्रपतिका लागि महन्थ ठाकुरको नाममा सहमति भयो भने जसपाले के गर्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यसका लागि हामी विचार गर्छौं।’ यता महतोले पनि उपराष्ट्रपतिको विषयमा खुल्न चाहेनन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.