बाजुराको बुढिगंगाका बालबालिकामा दादुराका लक्षण

बाजुराको बुढिगंगाका बालबालिकामा दादुराका लक्षण
तस्बिर : अन्नपूर्ण

बाजुरा : बुढिगंगा नगरपालिका १ अम्कोटमा बालबालिकामा दादुराको लक्षण देखिएको छ। बुधबार धुरालसैन आधारभूत स्वास्थ्य केन्द्रमा उपचारमा लागि आएका ७ जना बालबालिकामा दादुरको लक्षणहरू देखिएको स्वास्थ्य केन्द्रमा कार्यरत अनमि बिन्दु बिष्टले बताइन्।

उपचारमा आएका ७ जना बालबालिका अम्कोट गाउँमा रहेको  र उनीहरू एउटै टोलका रहेको अनमी बष्टिले बताइन् । स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा सबैमा एकैखाले लक्षण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 

बालबालिकामा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आएको, शरीरभरि बिमिरा रहेको,खोकी लाग्ने, सिगान बग्ने जस्ता लक्षण देखा परेको स्वास्थ्य केन्द्रले बताएको छ । गाउँमा अन्य बालबालिकामा समेत यस्तो रोग देखा परेको स्थानीयले बताए । एक हप्तादेखि यो रोग देखा परेको स्थानीयले बताएका छन्।

एउटै टोलका ७ बालबालिकामा दादुरा रोगको जस्तो लक्षण देखा परेकाले नगरपालिकालाई यसबारे जानकारी गराइसकेको स्वास्थ्य केन्द्रले बताएको छ।
बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहका अनुसार दादुराजस्तो रोग देखिएको जानकारी आएको बताए । बिहीबार नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली पठाएर चेकजाँचका लागि धनगढी प्रयोगशालामा पठाउने शाहले बताए।

रोग अन्य व्यक्तिमा सर्न नदिन समुदायस्तरमा जनचेतना फैलाउने काम भएको संयोजक शाहले बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.