भद्रपुर झापा गोल्डकप : आर्मी फाइनलमा

भद्रपुर झापा गोल्डकप : आर्मी फाइनलमा
सुन्नुहोस्

 झापा : उपाधिका दाबेदार संकटा क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आर्मीले आहारारा गोल्डकपमा भोगेको हारको बदलासमेत लिएको छ। 

भद्रपुरस्थित मेची रंगशालामा शनिबार भएको सेमिफाइनलमा संकटा क्लबलाई १–० गोलले पराजित गर्दै आर्मीले फाइनल यात्रा तय गरेको हो। फाइनल पुगेसँगै आर्मीले कम्तीमा सात लाख रुपैयाँ पुरस्कार पक्का गरेको छ। 

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। थप गरिएको समयको ११औं मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनको गोल नै खेलको निर्णायक बनेको हो। आर्मीले पाएको फ्रिकिकलाई केसीले सदुपयोग गरेका थिए। सन्तोष केसीको फ्रिकिक प्रहारलाई उनले जाली चुमाएका थिए। आर्मीले उपाधिका लागि मच्छिन्द्र र एपीएफ क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ। दर्शकले खचाखच भरिएको खेलमा दुवै टोलीले आक्रामक खेल खेलेका थिए। 

  •     संकटालाई हराउँदै आर्मी उपाधि नजिक
  •     आर्मीको जितमा चेतन केसीको निर्णायक गोल
  •     अतिरिक्त समयमा आर्मीलाई सफलता 
  •     आर्मीले मच्छिन्द्र र एपीएफबीचको विजेतासँग खेल्ने

दुवै टोलीले गोल गर्ने अवसरहरू गुमाउँदा खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको सातौं मिनेटमा संकटाका नेलोसनको प्रहारलाई आर्मीका गोलरक्षक समित श्रेष्ठले विफल पारेका थिए। खेलको ३६औं मिनेटमा संकटाका सुनिल बलको फ्रिकिक प्रहारलाई गोलरक्षक श्रेष्ठले बचाएका थिए। खेलको ६४औं मिनेटमा आर्मीका गिलेस्पीजंग थापाको प्रहार संकटाका गोलरक्षक टिकेन्द्रसिंह थापाले विफल पारेका थिए।   

खेलको ८८औं मिनेटमा आर्मीका रिपु भुलनको पासमा प्रज्ज्वल गुरुङले हेडमार्फत गोल गरेका थिए। तर, रेफ्रीले अफसाइड घोषित गरेका थिए। शनिबारको खेलको प्लेयर अफ दी म्याच आर्मीका सुरज बस्नेत घोषित भए। उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए। आइतबार मच्छिन्द्र र विभागीय टोली एपीएफबीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ। १० टोली सहभागी प्रतियोगिताको विजेताले नगद १३ लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै उपविजेताले सात लाख रुपैयाँ हात पार्ने छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.