फरार युवक १५ वर्षपछि पक्राउ

नुवाकोट: सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई १५ वर्षपछि पक्राउ परेका छन्। उनलाई सजायका लागि जेल चलान गरिएको छ।
नुवाकोटको बिदुर-३ का ४६ वर्षीय राजु राईलाई आइतबार घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
तनहुँ जिल्ला अदालतको २०६४ साल असार १९ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ वर्ष कैद सजाय तोकिएकोमा उनी फरार थिए। फरारको सूचीमा रहेका उनलाई आइतबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले बताए।
राईलाई नुवाकोट जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागी कारागार चलान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
