देउवाले गोविन्द भट्टराईलाई भने - उपनिर्वाचनको तयारीमा लाग्नुस्

देउवाले गोविन्द भट्टराईलाई भने  - उपनिर्वाचनको तयारीमा लाग्नुस्
सुन्नुहोस्

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई प्रतिनिधि सभाको टिकट दिने संकेत गरेका छन्। सोमबार बिहान देउवा निवासमा भएको भेटमा आफूलाई उपनिर्वाचनमा ध्यान दिन आग्रह गरेको भट्टराईले अन्नपूर्णलाई जानकारी दिए। 

देउवाको भनाई उद्दृत गर्दै भट्टराईले भने, 'आज बिहान सभापतिज्यूको निवासमा उपनिर्वाचनको विषयमा कुराकानी भयो। राष्ट्रपतिमा रामचन्द्र पौडेलले निर्वाचन जित्नुहुन्छ। उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएकाले निर्वाचनको तयारीमा जुट्नुहोस् भन्नुभयो।' 

उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई धुम्बाराहीमा देउवालाई भेट्न पुगेका थिए। पौडेल उम्मेदवार हुँदा यस अगाडि भट्टराईले टिकट पाउन सकेका थिएनन्।

राष्ट्रपतिको निर्वाचन फागुनको २५ गते हुँदैछ। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङबीच प्रतिस्पर्धा हुँदैछ। पौडेल राष्ट्रपति निर्वाचनमा निर्वाचित भएको खण्डमा तनहुँ-१ मा उपनिर्वाचन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.