कोरला नाकामा संरचना निमार्णका लागि सर्भे सुरु
![कोरला नाकामा संरचना निमार्णका लागि सर्भे सुरु](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_bLAeP8GVPq.jpg)
जोमसोम : चीनसँगको उत्तरी कोरला नाकाको दशगजा क्षेत्रमा संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सर्भे सुरु गरिएको छ।
उत्तरी चीनसँग व्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले कोरलामा आवश्यक संरचना निर्माण गर्न डीपीआर सर्भे गर्ने कार्य प्रारम्भ भएको हो।
नेपाल उद्योग वाणिज्य मन्त्रालय, आपूर्ति मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिअन्तर्गत कोरला नाकामा भन्सार, सुख्खा बन्दरगाह, अध्यामगन, सुरक्षा पोस्ट, क्वारेन्टाइन लगायतका संरचना निर्माण गर्न सरकारले डीपीआर निर्माणका लागि एक करोडभन्दा बढी बजेट विनियोजन गरेको जनाइएको छ।
नाकाको दशगजा क्षेत्रमा भन्सार तथा सुख्खा बन्दरगाह लगायतका भौतिक संरचना निर्माणको डीपीआर निर्माणको जिम्मा सितारा, इन्टुसीप, फुलराइट जेभीले लिएको सिभिल इन्जिनियर टीकाबहादुर कोइरालाले जानकारी दिए।
कोरला नाका डीपीआर सर्भेका लागि सितारा, इन्टुसीप,फुलराईट जेभीका टोली अहिले कोरला नाकामा सर्भेका लागि खटिएका छन्।
टोलीमा कम्पनी डाइरेन्टर कमलप्रसाद तिमिल्सिना, इ ओमकृष्ण महर्जन, मेकानिकल इन्जिनियर रोशन थापा, निशा श्रेष्ठ अर्वान प्लानर, स्टक्चर इन्जिनियर डा. रेखा श्रेष्ठ, ट्रान्सफरेसन इ श्रीराम ढकाल र सिभिल इन्जिनियर टीकाबहादुर कोइराला लगायत प्राविधिक टोली छन्।
नाकामा रहेर २ महिनासम्म त्यहाको भौगोलिक अवस्था, माटो परीक्षण र संरचना लगायतका सर्भे गर्ने सिभिल इन्जिनियर कोइरालाले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)